mobile

इञ्जिनीयर्स एशोसिएशनको निर्वाचन शुरु

By RSS on Dec 14,2018 - 11:08

नेपाल इञ्जिनियर्स एशोसिएशनको ३२औँ कार्यकारिणी समिति र प्रादेशिक संरचनाका सातैवटा प्रदेश कार्यकारिणी समितिका लागि निर्वाचन शुरु भएको छ ।केन्द्रीय कार्यकारिणी समितिका १८ र प्रत्येक प्रदेश कार्यकारिणी समितिका १६÷१६ पदका लागि चुनाव हुनलागेको हो । एशोसिएशनको कार्यकारिणी समितिको पदावधि दुई वर्षको हुने प्रावधान छ । निर्वाचनमा मुख्य प्रतिस्पर्धा लोकतान्त्रिक समूह र प्रगतिशील समूहका उम्मेदवारबीच हुँदैछ । लोकतान्त्रिक समूहबाट केन्द्रीय कार्यकारिणी समितिमा इञ्जिनीयर प्रा हीरेन्द्रमान शाक्य अध्यक्ष पदका उम्मेदवार हुनुहुन्छ । सो समूहबाट उपाध्यक्षमा इ डा चन्द्रिकाप्रसाद भट्ट, महासचिवमा इ अभिमन्युलाल सिंह, उपमहासचिवमा इ अशोककुमार शाह, कोषाध्यक्षमा इ अपिल केसी र सहकोषाध्यक्षमा इ जानुका थापा चुनावी मैदानमा हुनुहुन्छ । 

प्रगतिशील समूहबाट अध्यक्षमा प्रा डा त्रिरत्न बज्राचार्य, उपाध्यक्षमा इ आषिश घिमिरे, महासचिवमा इ छविलाल पोखरेल, उपमहासचिवमा इ कपिल आचार्य, कोषाध्यक्षमा इ रामइकवाल यादव, सहकोषाध्यक्षमा इ चाँदमाला श्रेष्ठ उम्मेदवार रहुनभएको छ । दुवै समूहले व्यावसायिक हकहितका बारेमा घोषणापत्र पनि जारी गरेका छन् । घोषणापत्रमा गुणस्तरीय इञ्जिनियरिङ शिक्षा, इञ्जिनीयरको सेवासुविधा तथा क्षमताको अभिवृद्धि, सम्मानजनक रोजगारी, इञ्जिनीयरिङ सम्बद्ध निजी क्षेत्रको विकास र हकहितसहित विविध विषयहरु उठाइएका छन् ।दुवै समूहले प्रदेशस्तरमा पनि समूहगत नै उम्मेदवार उठाएका छन् । बिहान ८ बजे शुरु भएको मदतान अपरान्ह् ५ बजेसम्म निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ । (रासस)

ट्याग -  निर्वाचन

SUGGESTED ARTICLES

img
सविधान संशोधन तथा लाल प्रतिवेदन सार्वजनिक होस् : राजपा

राष्ट्रिय जनता पार्टीले सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न पुनः माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै उक्त पार्टीका नेता महेन्द्रप्रसाद यादवले सो प्रतिवेदन सार्वजनिक गर्न र संविधान संशोधनका लागि सभामुखबाट पुनः रुलिङ गर्न माग गर्नुभएको हो ।


by RSS | May 21

img