mobile

महानगरपालिकाले आवश्यक कर्मचारी अझै टुङ्गो लगाएन

By RSS on Dec 14,2018 - 11:29

ललितपुर महानगरपालिकाले आफूलाई कति कर्मचारी आवश्यक पर्छ भन्ने निर्णय अझै गर्न सकेको छैन । कर्मचारीको संरचना बन्न नसक्दा यहाँ कति कर्मचारी चाहिने भन्ने टुङ्गो लाग्न नसकेको हो । उपमहानगरपालिकाका कर्मचारी र अहिले जिल्लाका विषयगत कार्यालयबाट आएका कर्मचारी कार्यरत छन् । नेपाल सरकारका कर्मचारी समायोजन नभएकाले महानगरलाई कति कर्मचारी आवश्यक पर्छ भनेर तय हुन नसकेको प्रवक्ता राजु महर्जनले बताउनुभयो । जिल्लाका विषयगत कार्यालयले गर्ने कामसँगै त्यहाँ कार्यरत कर्मचारी महानगरपालिकामा काजमा आएका छन् । उहाँले भन्नुभयो, “ती सबै कर्मचारी यहाँ आवश्यक छन्÷छैनन् वा त्योभन्दा बढी चाहिन्छ भन्ने त्यसपछि नै टुङ्गो लाग्नेछ ।” 

महानगरपालिकामा विषयगत कार्यालयका कर्मचारी आए पनि ती भवन र भौतिक सम्पत्तिको स्वामित्व भने अझै आएको छैन । उपमहानगरपालिका हुँदाको भवन अहिले अपर्याप्त हुँदा सेवाग्राही र कर्मचारी दुवै हैरान छन् । यहाँ भएका भवन कसले पाउने टुङ्गो लागे महानगरपालिकालाई सहज जानकारी दिँदै प्रवक्ता महर्जनले भन्नुभयो, “कर्मचारीले काम गर्न कोठा, टेबुल कुर्सी नै पाएका छैनन् भने यसको असर सेवाग्रहीलाई पनि परेको छ ।” 
विषयगत कार्यालयका धेरै कर्मचारी आउन चाहे पनि व्यवस्थापन गर्न नसकेकाले लिन नसकिएको महानगरपालिकाले जनाएको छ ।  (रासस)

ट्याग -  कर्मचारी आवश्यक

SUGGESTED ARTICLES

img
रावाखोला जलविद्युत् आयोजना ८० प्रतिशत सम्पन्न

केपिलासगढी गाउँपालिकाको सुङ्देलबाट उत्पादन गर्न लागिएको माथिल्लो रावाखोला साना जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको जनाइएको छ । राष्ट्रिय वाणिज्य बैंकको ७० र प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिको ३० प्रतिशत लगानीमा उत्पादन हुने तीन मेगावाट क्षमताको साना जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको जनाइएको छ ।


by Raj Kapali | Jan 22

img