mobile

मन्त्री पुनद्वारा सिँचाइ आयोजनाको निरीक्षण

By RSS on Dec 14,2018 - 15:13

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज बारा जिल्लामा रहेका विभिन्न सिँचाइ तथा तटबन्ध योजनाहरूको अनुगमन निरीक्षण गर्नुभएको छ । 

बङ्गुरी खोलामा बाढी आएर त्यस क्षेत्रका स्थानीयहरूको उठीबास नै हुने स्थिति भएपछि सरकारले सो खोलामा तटबन्ध निर्माण गरेको थियो । मन्त्री पुनले सो तटबन्धको निरीक्षण गर्दै सरकारको तर्फबाट अझै सहयोग गर्ने प्रतिबद्धता व्यत गर्नुभयो । 

त्यसैगरी मन्त्री पुनले आजै कोतवालीको ददरङ्गवा नजिकै रहेको जमुनी सिँचाइ आयोजना र साविक कचोर्वा गाविसमा रहेको अढुवा सिँचाइ आयोजनाको समेत अनुगमन निरीक्षण गर्दै चाँडो भन्दा चाँडो आयोजना सम्पन्न गरी किसानलाई सिँचाइको भरपुर फाइदा पु¥याउन पहल गर्ने प्रतिबद्धता गर्नुभयो । 

अनुगमन टोलीमा नेकपाका प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साह, इन्चार्ज सत्यनारायण मण्डल, प्रदेश सभासदस्य मोहम्मद समीर, नेता अनिल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । यसैबीच मन्त्री पुनले यहाँस्थित प्रसिद्ध गढीमाई मन्दिरको पनि अवलोकन गर्नुभएको छ । (रासस)

ट्याग -  सिँचाइ आयोजना , निरीक्षण

SUGGESTED ARTICLES

img
युद्ध भए इरान ध्वस्त हुनेछ': डोनाल्ड ट्रम्प  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग युद्ध गर्न खोजे इरान ध्वस्त हुने चेतावनी दिएका हुन्। ट्रम्पले ट्वीटरमा 'यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ। त्यसैले अमेरिकालाई फेरि कहिल्यै नधम्काउनु' लेख्दै चेतावनी दिएका हुन्।


by Anu Rana | May 21

img