mobile

बैंक अफ काठमाडौले २५ प्रतिशत लाभांश दिने

By RSS on Dec 14,2018 - 15:45

बैंक अफ काठमाडौँले आफ्ना शेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट बैंकले १४ प्रतिशत शेयर लाभांश र ११ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । बैंक सञ्चालक समितिको विहीबार उक्त निर्णय गरेको हो । 
बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई वितरण गरिनेछ । बैंकले आव २०७४÷७५ मा रु एक अर्ब ५४ करोड ८६ लाख ६८ हजार वितरणयोग्य मुनाफा गरेको थियो । बैंकको हाल चुक्ता पूँजी रु सात अर्ब सात करोड ९६ हजार रहेको छ । लाभांश वितरण पछि बैंकको चुक्ता पूँजी रु आठ अर्ब भन्दा बढी पुग्नेछ । (रासस)

ट्याग -  लाभांश

SUGGESTED ARTICLES

img
सुपरजोनमा समेटिएपछि गहुँको उत्पादन वृद्धि

गहुँ बालीको सुपरजोन कार्यक्रमबाट कैलालीको उदासीपुर गाउँका कृषक गोविन्द चौधरीको गहुँको उत्पादन उत्पादन बढेको छ । गएको वर्ष गहुँको राम्रो उत्पादन गर्नुभएका उहाँलाई सुपरजोनको कार्यालयले नगद पुरस्कारसमेत प्रदान गरेकाले उहाँमा हौसला बढेको थियो । बालीमा ‘क्रप कटिङ‘ गरेर तोकिएको मापदण्डका आधारमा बढी उत्पादन गर्नेलाई गएको वर्ष पुरस्कार दिइएको थियो ।


by RSS | Mar 22

img