mobile

शहीद स्मारक ए डिभिजन फुटबल–पुलिसद्वारा फेन्डस पराजित

By RSS on Dec 14,2018 - 15:59

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले फेन्डस क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा पुलिसले फ्रेन्डसलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । पुलिसका लागि पहिलो गोल अभिषेक रिजालले गरे । उनले खेलको तेस्रो मिनेटमा नै रवि पासवान पासलाई सदुपयोग गर्दै गोल गरे । त्यस्तै खेलको पहिलो हाफको २०औँ मिनेटमा अर्का खेलाडी रवि पासवानले एक गोल थप्दै पुलिसको अग्रता दोब्बर बनाए । उनले हेम तामाङको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । 

खेलको पहिलो हाफसम्म २–० गोलअन्तरले अगाडि रहेको पुलिसले दोस्रो हाफमा तीन गोल थप्यो । खेलको ५९आँै मिनेटमा कप्तान भरत शाहले गोल गर्दै पुलिसको अग्रता तेब्बर बनाए । उनले रवि पासवानको पासमा गोल गरेका थिए । त्यसैगरी खेलको ६३आँै मिनेटमा पुलिसका तेज तामाङले गोल गरे भने खेलको ८७औँ मिनेटमा नीरकुमार राईले एक गोल थपेपछि पुलिसले फ्रेण्डसमाथि ५–० को सहज जित हात पा¥यो । जितसँगै आठ खेल खेलेको पुलिसले १४ अङ्क जोडेको छ भने समान खेल खेलेको फ्रेन्डसको पाँच अङ्क छ । (रासस)

ट्याग -  शहीद स्मारक ए डिभिजन फुटबल

SUGGESTED ARTICLES

img
उप–प्रमुख महिला क्रिकेट हुने

जिल्लामा उप–प्रमुख कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकामा यही जेठ २३ गतेदखेखि दोस्रो संस्करणको उपमेयर कप शुरु हुनेछ । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो ।


by RSS | May 21

img