mobile

नेपालमा अब १ सयको भारु मात्र चल्ने  

By Anu Rana on Dec 15,2018 - 19:53

सरकारले मुलुकभित्र केही भारतीय नोट प्रचलनमा प्रतिबन्ध लगाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै भारतीय रुपैयाँ २ सय, ५ सय र २ हजार दरका नोटहरू प्रचलनमा प्रतिबन्ध लगाउने जनाएको हो ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले भारतीय रुपैयाँ २ सय, ५ सय र २ हजार दरका नोटहरू नराख्न सूचना प्रकाशन गर्ने निर्णय भएको बताउनुभयो ।

यसअघि नेपाली बजारमा २०० र ५०० का नोटको कारोबार हुन्थ्यो। सरकारले साना किसानहरूले साझा सहकारी संस्थामार्फत लिएको ऋण मिनाहा गरिदिएको छ। यसबाट करिब ७ हजार किसान लाभान्वित भएका छन्। त्यस्तो रकम सावाँ मात्र १९ करोड ३९ लाख थियो। ब्याज करिब एक अर्ब रुपैयाँ छ।

सोमबारको मन्त्रिपरिषद् बैठकले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशलाई परामर्शका लागि लोकसेवा आयोगमा पठाउने निर्णय गरेको छ। नेपाल कपडा उद्योग सङ्घले उठाएका मागबारे राय सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदनमा उल्लेख गरिएका सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको छ।

खानेपानी सम्बन्धी सङ्घीय आयोजनाका काम समयमै सम्पन्न गर्न १ सय ६७ जनाको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ।

ट्याग -  नेपालमा अब १ सयको भारु मात्र चल्ने  

SUGGESTED ARTICLES

img
शेयर बजार : दुई अङ्कले घट्यो

शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.२९ अङ्कले घटेर एक हजार ३१८.७१ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८१ अङ्कले घटेर २८१.४४ बिन्दुमा झरेको छ ।


by RSS | May 16

img