mobile

६.५ प्रतिशत आर्थिक वृद्धि हुने आईएमएफको प्रक्षेपण  

By Anu Rana on Dec 15,2018 - 19:54

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने अनुमान गरेको छ । आईएमएफको टोलीले नेपालको आन्तरिक उत्पादन क्षमता कम भएकोले उच्च आर्थिक वृद्धिदरको अपेक्षा गर्न नहुने जनाएको छ ।

ग्रिट आल्मेकिन्डर्सको नेतृत्वमा नेपाल आएको आईएमएफको मिसनले मंसिर १६ देखि २७ सम्म विभिन्न छलफल र अध्ययनका आधारमा बिहीबार आफ्नो अवधारणा सार्वजनिक गरेको हो। ‘लामो समयदेखिको सुस्त आर्थिक विस्तारपछि पछिल्ला वर्ष आर्थिक क्रियाकलाप विस्तार भएको छ। राजनीतिक स्थायित्व, विद्युत्को नियमित आपूर्तिसँगै उत्पादन र सेवा क्षेत्रको विस्तार, भूकम्पपछिको पुनर्निर्माणमा तीव्रताका कारण ६ .५ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान आईएमएफको छ।

सरकारले लक्ष्य अनुसार राजस्व उठाउन सकेपनि खर्च गर्न नसेको छैन । बजेट लिएको लक्ष्य अनुसार कार्य सम्पादन हुन नसक्दा लक्षित आर्थिक वृद्धिदर प्राप्त हुने टोलीको ठहर छ । सरकारले चालु आवमा ८ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ ।

आईएमएफले नेपालको आन्तरिक उत्पादनले धान्न नसक्दा दिनप्रतिदिन व्यापार घाटा बढ्दो छ । गत आर्थिक वर्ष २०७४/७५ मा नेपालको वैदेशिक व्यापार घाटा कुल ग्राहस्थ्य उत्पादन (जीडीपी)को ८.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष ६.५ प्रतिशत थियो ।

राजस्व प्रणाली तथा सरकारको खर्च संरचनामा सुधारका लागि सार्वजनिक खर्च पुनरवलोकन आयोग गठन गर्नुलाई आईएमएफले प्रशंसा गरेको छ। वित्तीय विकेन्द्रीकरणलाई राम्ररी काम गर्न सक्ने बनाउन सार्वजनिक वित्त व्यवस्थापन संरचना तल्लो तहका सरकारमा क्षमता वृद्धि आवश्यक छ।

विगत केही वर्षमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानीमा तीव्र विस्तारसँगै अर्थतन्त्रमा स्थायित्वको चिन्ता थपिएको आईएमएफको भनाइ छ। तीव्र कर्जा विस्तारलाई कम गर्न नीतिगत व्यवस्था या विद्यमान व्यवस्थामा पुनरवलोकन आवश्यक छ। यसले अर्थतन्त्रका जोखिम न्यूनीकरण गर्छ।

आईएमएफले कर्जा–प्राथमिक पुँजी र निक्षेपको अनुपात ८० प्रतिशत नै कायमै राख्न आग्रह गरेको छ। अहिले बैंक तथा वित्तीय संस्थाले प्राथमिक पुँजी र निक्षेपको अनुपात परिवर्तन गर्न दबाब दिइरहेका छन्। बैंक तथा वित्तीय संस्थाको सम्भावित जोखिम व्यवस्थापन र वित्तीय क्षेत्रमा विद्यमान सुधार तथा नियामक निकायको सशक्तीकरणमा तीव्रता दिन आईएमएफले आग्रह गरेको छ। यसबाट वित्तीय जोखिम न्यूनीकरण गर्दै कर्जाको दिगो विस्तारमा सहयोग पुग्ने आईएमएफको निष्कर्ष छ।

ट्याग -  ६.५ प्रतिशत आर्थिक वृद्धि , आईएमएफको प्रक्षेपण  

SUGGESTED ARTICLES

img
शेयर बजार : सामान्य अङ्कको सुधार

लगातार घट्दै आएको शेयर बजार आज भने सामान्य अङ्कले वृद्धि भई थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ३.८७ विन्दुले बढेर एक हजार १३८.६७ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९५ विन्दुले बढेर २४२.२५ विन्दुमा पुगेको छ ।


by RSS | Mar 25

img