mobile

नेपाल र अमेरिकाबीच १७ वर्षपछि उच्चस्तरीय भ्रमण तय  

By Anu Rana on Dec 15,2018 - 19:53

कूटनीतिक वृत्तमा चर्चा चलिरहन्छ, अमेरिकाले नेपाललाई सधैं ‘दिल्लीको आँखा’ले हेर्छ । हुन पनि १७ वर्ष भयो, परराष्ट्र मन्त्रीस्तरमा दुई देशबीच औपचारिक छलफल भएको छैन । आगामी साता भने परराष्ट्र मन्त्रीस्तरमै दुई पक्षीय सम्बन्धको समीक्षा हुने भएको छ ।

त्यसैले अमेरिकी विदेश मन्त्री माइक पम्पिआको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली औपचारिक भ्रमणका लागि आइतबार वासिङ्टन डिसी प्रस्थान गर्दैहुनुहुन्छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइक पोम्पेओबीच पुस ३ र ४ मा वार्ता तय भएको परराष्ट्र स्रोतले बतायो । परराष्ट्र मन्त्रालयले यो भ्रमणलाई अमेरिकाले नेपाललाई दिएको उच्च महत्वको रूपमा अथ्र्याएको छ । राष्ट्रपतिपछि शक्तिशाली मानिने अमेरिकी विदेशमन्त्रीको निम्तामा औपचारिक भ्रमण हुनुले नेपाल र अमेरिकाबीचको सम्बन्ध अर्को चरणमा पुग्न लागेको परराष्ट्र स्रोतले बतायो ।

सन् २००२ मा तत्कालिन अमेरिकी विदेशमन्त्री कोलिन पावेल नेपाल भ्रमणमा आएका थिए । त्यसयता दुवै देशका अधिकारीहरुको औपचारिक भ्रमण भएको थिएन ।

यद्यपी केपी ओली प्रधानमन्त्री भएकै बेला परराष्ट्रमन्त्री कमल थापाले तत्कालिन अमेरिकी विदेशमन्त्री जोन केरीसँग भेटवार्ता गरेका थिए । यसपटकको परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण भने करीव दुई दशकको बीचमा सबैभन्दा उच्चस्तरको औपचारिक कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

युक्त भ्रमणका क्रममा नेपाल र अमेरिकाबीचको ब्यापार सम्बन्ध र पछिल्लो समय भोग्नुपरेका समस्याको समाधानबारे पनि छलफल हुने स्रोतले जनाएको छ । परराष्ट्रमन्त्री ज्ञवालीसँग,अर्थ,गृह लगायत सम्बन्धित मन्त्रालयका सहसचिवहरु पनि अमेरिका जाँदैछन् ।

स्रोतका अनुसार नेपाल र अमेरिकाबीच द्धिपक्षीय परामर्श संयन्त्र (बीसीएम) को पहिलो बैठक समेत आयोजना हुने भएको छ । बैठकको नेतृत्व परराष्ट्र सचिव शंकरदास बैरागीले गर्नेछन् ।

 

 

ट्याग -  नेपाल र अमेरिकाबीच १७ वर्षपछि , उच्चस्तरीय भ्रमण तय  

LATEST NEWS

SUGGESTED ARTICLES

img