mobile

माइबेनीमा पौने दुई अर्ब लगानी सम्झाैता

By Anu Rana on Dec 15,2018 - 19:53

माइबेनी जलविद्युत आयोजनामा २ वाणिज्य बैंकले एक अर्ब ३९ करोड ५० लाख रुपैयाँ ऋण लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । सामलिङ पावर कम्पनी लिमिटेडले निर्माण गर्ने आयोजनाका लागि शुक्रबार ऋण सम्झौता भएको हो ।

९.५१ मेगावाटको आयोजनामा नेपाल एसबिआई बैंक र सिद्धार्थ बैंकले ७५ प्रतिशत र प्रवर्द्धकले २५ प्रतिशत लगानी गर्नेछन् । सम्झौतामा कम्पनी अध्यक्ष विजयबहादुर राजभण्डारी, एसबीईआर्ई बैंकका बद्रीलाल आमात्य र सिद्वार्थ बैंकका चन्दन कार्कीले हस्ताक्षर गरे । सम्झौता कार्यक्रममा सिई ग्रुपका अध्यक्ष राजभण्डारीले जलविद्युत आयोजना क्यासकेड र कोरिडोर अवधारणा अनुसार न्यूनतम लागत, समय र उच्च गुणस्तर निर्माण गरिने आफ्नो कम्पनीको भिजन रहेको बताए । ‘यस क्षेत्रमा लगानीकर्ता र वित्तीय संस्थाहरुबाट प्राप्त विश्वासलाई आधार बनाई यस क्षेत्रमा अघि बढ्नेछौं,’ उनले भने ।

सामलिङ पावर कम्पनी ऊर्जा डेभलपर्स प्रालिको ग्रुप कम्पनी हो। ऊर्जा डेभलपर्स प्रतिष्ठित व्यापारिक समूह सीई ग्रुपका अध्यक्ष विजयबहादुर राजभण्डारी, प्रवद्र्धक तथा ऊर्जाविद् भानु पोखरेल र ऊर्जा नीति विज्ञ मोहनदास मानन्धरको रणनीतिक साझेदारीमा स्थापित कम्पनी हो।

माइबेनी आयोजनाका लागि ऊर्जा मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागबाट गत वैशाखमा उत्पादन अनुमति प्राप्त गरेको थियो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत भानु पोखरेलका अनुसार विद्युत् प्राधिकरणसँग आयोजनाबाट उत्पादन हुने विद्युत् खरिदसम्बन्धी सम्झौता (पीपीए) सम्पन्न भइसकेको छ। उनका अनुसार माइबेनी आयोजना निर्माण सुरु भइसकेको र आगामी दुई वर्षभित्र सम्पन्न हुने लक्ष्य छ।

आयोजनाको सिभिल तथा इलेक्ट्रोमेकानिकल सम्झौता सम्पन्न भइसकेको र आयोजनाको जग्गा अधिग्रहण, बाटो निर्माण, क्याम्प निर्माण सकी सिभिलको मुख्य संरचना निर्माण चरणमा रहेको पोखरेलले जानकारी दिए।

आयोजनाबाट उत्पादित बिजुली करिब तीन किमि लामो प्रसारण लाइनमार्पम्त प्राधिकरणको निर्माण सम्पन्न भइसकेको गोदक खण्डस्थित सबस्टेसनमा जोडिनेछ। आयोजनाबाट वार्षिक पाँच करोड ३२ लाख युनिट बिजुली उत्पादन हुनेछ।

ट्याग -  माइबेनीमा पौने दुई अर्ब लगानी सम्झाैता

SUGGESTED ARTICLES

img
शेयर बजार : दुई अङ्कले घट्यो

शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.२९ अङ्कले घटेर एक हजार ३१८.७१ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८१ अङ्कले घटेर २८१.४४ बिन्दुमा झरेको छ ।


by RSS | May 16

img