mobile

भारतीय प्रहरीले समात्यो साढे ३३ किलो सुन  

By Anu Rana on Dec 17,2018 - 17:18

भारतको कलकत्ताबाट ३३ किलो अवैध सुनसहित दुर्इ नेपाली पक्राउ परेका छन् । गत शुक्रबार कोलकातामा इटहरीका राकेशप्रसाद र हेमकुमार शर्मा ३३ किलो सुनसहित पक्राउ परेको सूचना भारतीय अधिकारीमार्फत नेपाललाइ जानकारी भएको छ ।

२०७४ माघ अन्तिम साता दुबई हुँदै भित्रिएको यो सुन गायब पारिएपछि सुन तस्करीमा संलग्न चुडामणि उप्रेतीले यातना दिँदा उनका सहयोगी भरिया मोरङ उर्लाबारी निवासी सनम शाक्यको ज्यान समेत गएको थियो । उक्त जान्कारी अनुसार साढे ३३ केजी सुन र सनम शाक्य हत्यामा फरार रहेका अभियुक्तको नाम र भारतको कोलकातामा ३३ केजी सुनसहित पक्राउ परेका दुई नेपाली नागरिकको नाम एउटै भएको पाइएको छ ।

गृह मन्त्रालयका अनुसार भारतको कोलकातास्थित डाइरेक्टोरियट अफ रेभिन्यु इन्टेलिजेन्स (डिआरआई)ले २१ मंसिरमा ३३ केजी सुनसहित नेपाली नागरिक राकेशप्रसाद र हेमप्रसाद शर्मालाई पक्राउ गरेको थियो ।

उनीहरू दिल्ली कोलकाता हाइवेमा पर्ने दन्कुनी टोल प्लाजाबाट मारुती स्विफ्ट भिएक्सआई कारसहित पक्राउ परेका थिए । गृहले कोलकातामा बरामद सुन नेपालबाट गायब ३३ केजी सुन नै रहेको दाबी गरेको छ ।

गृह मन्त्रालयका अनुसार कोलकातामा बरामद सुन दुबईबाट भित्रिएको र सुनसँगै पक्राउ अभियुक्त इटहरीका स्थानीय रहेको खुलेको छ । सनम शाक्य हत्यामा संलग्न भनिएका अधिकांश अभियुक्त धरान र इटहरी क्षेत्रकै छन् । उनीहरूले दुबईबाट नेपाल भित्रिएकै सुन तस्करी गर्थे । समितिका संयोजक पौडेलले पनि यो तथ्यलाई स्वीकार गरे ।

‘साढे ३३ केजी सुनसँग जोडिएका अधिकांश अभियुक्त धरान, सुनसरी, इटहरी क्षेत्रका छन् । उनीहरूले दुबईबाट ल्याइएका सुन नै तस्करी गर्थे । कोलकातामा बरामद सुनको होलोग्राम हेर्दा दुबई नै देखिन्छ,’ उनले भने । यो नयाँ पत्रिका दैनिकमा समाचार छ ।

गृहका अनुसार पक्राउ राकेश र होमप्रसाद ‘मने’ भनिने मोहन काफ्लेको दुवैजना मोहन काफ्लेका सहयोगी रहेको खुलेको छ । ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या संलग्न काफ्ले अहिले मोरङ कारागारमा छन् । उनलाई पौडेल संयोजकत्वको समितिले नै पक्राउ गरेको थियो ।

भारतमा पक्राउ परेका व्यक्ति र बरामद भएको सुनबाट गोरे सुनकाण्डको रहश्य खुल्ने आशा जागेको छ । लामो समयदेखि चर्चामा रहेको सुनकाण्डबारे वास्तविकता सार्वजनिक हुन सकेको थिएन । पर्याप्त प्रमाण नभएको भन्दै सुनकाण्डका अभियुक्त अदालतबाट रिहा हुँदै गएका थिए ।

 

 

 

 

ट्याग -  भारतीय प्रहरीले समात्यो साढे ३३ किलो सुन  

LATEST NEWS

SUGGESTED ARTICLES

img