mobile

फैसला कार्यान्वयन नभए आन्दोलन गरिने

By RSS on Dec 21,2018 - 11:22

पुनरुत्थानवादी शक्ति नेपालले सर्वोच्च अदालतबाट फैसला कार्यान्वय नभए आन्दोलन गर्ने घोषणा गरेको छ । सार्वजनिक जग्गालाई प्लटिङ गरी बिक्री गरी मुनाफा कमाउने समूहलाई सरकारले संरक्षण गरिरहेको र अस्थायी शिक्षकलाई स्थायी गर्ने सरकारी घोषणा कार्यान्वयनमा पनि बेवास्था गरिएको अभियानका प्रमुख नेता तारा बरालको आरोप थियो । 

देशमा भइरहेका विभिन्न अनियमिताविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्दै आइरहेको उक्त संस्थाले देशमा सबैभन्दा बढी झापा र चितवनमा सार्वजनिक जग्गालगायत विद्यालय भवनका लागि आएको रकममा घोटाला भइरहेको जनाएको छ । रासस

ट्याग -  आन्दोलन

SUGGESTED ARTICLES

img
सविधान संशोधन तथा लाल प्रतिवेदन सार्वजनिक होस् : राजपा

राष्ट्रिय जनता पार्टीले सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न पुनः माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै उक्त पार्टीका नेता महेन्द्रप्रसाद यादवले सो प्रतिवेदन सार्वजनिक गर्न र संविधान संशोधनका लागि सभामुखबाट पुनः रुलिङ गर्न माग गर्नुभएको हो ।


by RSS | May 21

img