mobile

इण्डोनेसियामा ज्वालामुखी विस्फोटका कारण सुनामी  

By Anu Rana on Dec 24,2018 - 09:56

इण्डोनेसियामा ज्वालामुखी विस्फोट भएको छ । ज्वालामुखीपछी आएको सुनामीका कारण इन्डोनेसियाको जाभा र सुमात्राका आइल्याण्डमा हालसम्म ६२ जनाको ज्यान गएको छ भने ५८४ जना घाइते भएका छन् ।

अनाक क्राकाटोआ नामक ज्वालामुखी बिस्फोट भएका कारण आइल्याण्डसँग जोडिएको समुद्री क्षेत्रमा सुनामी आएको हो । भने साे विस्फोटले समुद्रमुनि पहिरो निम्त्याएको कारण सुनामी आएको हुन सक्ने अनुमान गरिएकाे छ ।

धेरै मानिस अझै बेपत्ता रहेको र सयौँ भवन भत्किएका छन् । तथ्यांक संकलन भइरहेकाले ज्यान गुमाउने, घाइते तथा भौतिक क्षतिको मात्रा बढ्न सक्ने स्थानीयले बताएका छन् ।

गत सेप्टेम्बरमा महिनामा त्यहाँको मध्य टापु सुलावेसीमा शक्तिशाली भूकम्प आएपछि सुनामी पनि आएको थियो। सो सुनामीले तटीय नगर पालुलाई पूरै प्रभावित पारेको थियो। सो विपदमा परि २ हजारले ज्यान गुमाएका थिए। इण्डोनेसियामा धेरै भूकम्पहरू आइरहन्छन्। किनभने उक्त देश रिङ् अफ फायर भनिने पूरै प्रशान्त महासागरको तटीय इलाकाहरूमै पर्दछ जहाँ एकदमै धेरै भूकम्प र ज्वालामुखी विस्फोटका घटना भइरहन्छन्।

इण्डोनेसियाको भूगर्भसम्बन्धी निकायका अनुसार शुक्रवार उक्त ज्वालामुखी दुई मिनेट १२ सेकेण्डसम्म विस्फोट भएको थियो।त्यसबाट उत्पन्न खरानीयुक्त धुवाँको मुस्लो पहाडको ४ सय मिटर माथिसम्म पुगेको थियो।

ट्याग -  इण्डोनेसियामा ज्वालामुखी विस्फोटका कारण सुनामी   , ६२ जनाको ज्यान गएको छ भने ५८४ जना घाइते

LATEST NEWS

SUGGESTED ARTICLES

img