mobile

लैङ्गिक हिंसा नियन्त्रण गर्न सञ्जाल गठन

By RSS on Dec 26,2018 - 13:45

लैङ्गिक हिंसा नियन्त्रण र सचेतीकरणका लागि तेह्रथुममा जिल्लास्तरीय सञ्जाल गठन भएको छ । लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन तथा कार्य सञ्चालन कार्यविधि–२०७५ बमोजिम जिल्ला प्रहरी प्रमुखको संयोजकत्वमा जिल्लास्तरीय महिला हिंसा नियन्त्रण सञ्जाल गठन भएको हो । सञ्जालले जिल्लामा लैङ्गिक हिंसाबाट पीडित महिलालाई न्याय प्राप्तिको निमित्त सुरक्षाको अनुभूति, सल्लाह, सूचना र मनोवैज्ञानिक हौसला प्रदान गरी आत्मविश्वास जगाउन, महिला तथा बालबालिका अधिकारको क्षेत्रमा काम गर्नेछ । सञ्जालमा जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्र सदस्य सचिव रहेका छन् । 

यस्तै सञ्जालमा लैङ्गिक हिंसाको क्षेत्रमा कार्यरत सङ्घसंस्था, नागरिक समाज, सञ्चार क्षेत्र, शिक्षा क्षेत्र र मानवअधिकार क्षेत्रका प्रतिनिधि सदस्य रहेका छन् । यस्तै जिल्ला बार एशोसिएशन, उद्योगी, व्यवसायी, बालकल्याण समिति, महिला अधिकारको क्षेत्रमा क्रियाशील सङ्घसंस्था, बाल क्लब र सामुदायिक प्रहरी सेवा केन्द्र सदस्य रहेका छन् । सञ्जालको मासिक कम्तीमा एक पटक बैठक बसी लैङ्गिक हिंसा न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने कार्यविधिबमोजिम काम गर्ने सञ्जालका संयोजक प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताउनुभयो । 

आँखा शिविरबाट ४१० ले सेवा लिए 

आँखा रोगीलाई लक्षित गरी तेह्रथुमको छथर गाउँपालिकामा आयोजित निःशुल्क आँखा शिविरबाट ४१० ले सेवा लिएका छन् । शिविरबाट २१२ महिला र १९८ पुरुष आँखा रोगीले लाभ लिएका छन् । नेपाल रेडक्रस सोसाइटी तेह्रथुम र आँखा उपचार केन्द्र तेह्रथुमको आयोजना तथा विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा आइतबार, सोमबार र मङ्गलबार सञ्चालित शिविरमा ४४ को आँखाको शल्यक्रिया भएको छ । त्यसमध्ये ३६ को मोतियाबिन्दुको शल्यक्रिया गरिएको र बाँकी आठ जनाको आँखामा मासु पलाएकाको शल्यक्रिया भएको आँखा उपचार केन्द्र तेह्रथुमका देवेन्द्र शाहले बताउनुभयो । शिविरमा आँखा अस्पताल विराटनगरका डाक्टर मनिष पाण्डे नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले आँखा जाँच, परामर्श, औषधि वितरण, चस्मा वितरण तथा शल्यक्रिया गरेको थियो । गाउँपालिका क्षेत्रमा अधिकांशको आँखामा मोतियाबिन्दुको समस्या देखिएको चिकित्सकले जनाएका छन् । (रासस)

ट्याग -  लैङ्गिक हिंसा

SUGGESTED ARTICLES

img
युद्ध भए इरान ध्वस्त हुनेछ': डोनाल्ड ट्रम्प  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग युद्ध गर्न खोजे इरान ध्वस्त हुने चेतावनी दिएका हुन्। ट्रम्पले ट्वीटरमा 'यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ। त्यसैले अमेरिकालाई फेरि कहिल्यै नधम्काउनु' लेख्दै चेतावनी दिएका हुन्।


by Anu Rana | May 21

img