mobile

अब शिक्षकलाई विषयगत शिक्षण अनुमति

By Anu Rana on Dec 27,2018 - 10:56

यस वर्षदेखि शिक्षक लाइसेन्सको परीक्षा विषयगत हुने भएको छ । शिक्षक सेवा आयोगले विषयगत अस्थाइ अध्यापन अनुमतिपत्र (लाइसेन्स) प्रदान गर्ने तयारी सुरु गरेको छ ।

यस अघि सवै विषयको एकमुष्ट लाईसेन्स प्रदान गर्दै आएको आयोगले शिक्षाको गुणस्तरलाई ध्यानमा राख्दै विषयगत लाइसेन्स प्रदान गर्ने तयारी सुरु गरेको जनाएको छ । आयोगका प्रशासकीय प्रमुख ले भने “तपाईलाई मावि तहको अस्थाइ अध्यापन अनुमति पत्र प्रदान गरिएको छ, भन्ने ठाउँमा अव तपाइलाई मावि तहको यो विषयको अस्थाई अध्यापन अनुमति पत्र प्रदान गरिएको छ ।भन्ने व्यवस्था गर्न लागेका छौं ।जस्ले गर्दा जुन विषय पढेको हो त्यही विषयको मात्र अध्यापन गर्न पाउने हुन्छ ।”

आयोगका अध्यक्ष ताना गौतमका अनुसार आयोगका सदस्यबीच यस विषयमा सैद्धान्तिक सहमति भइसकेको छ। उनका अनुसार एक साताभित्रमा यस विषयमा निर्णय गरेर शिक्षामन्त्रीसमक्ष पेस गरिनेछ। आयोगले अहिले जुन विषय पढाउने शिक्षकलाई पनि लाइसेन्सको परीक्षामा एकै प्रकारको प्रश्न सोध्ने गरेको छ।

शिक्षक सेवा आयोगले आगामी चैत महिनामा विषयगत लाइसेन्सको विज्ञापन खोल्ने पनि जनाएको छ । आयोगका सूचना अधिकारी रामराज खकुरेलले अबको लाइसेन्स परीक्षा सामान्य नभएर विषयगत हुने जानकारी दिए । उनले विषयगत नै गर्ने भएर त्यही अनुसारको कोर्ष तयार पारेर वेबसाइटमा राखिएने छ भनुभ्एको छ ।

पहिलो चरणमा विषयगत रूपमा विज्ञान, अंग्रेजी र गणित विषयमा लाइसेन्स वितरण गरिने र शिक्षक बनेर यी तीनबाहेक अन्य विषय पढाउन चाहने व्यक्तिका लागि भने एकै प्रकारको परीक्षा सञ्चालन गरिने पनि बताउनुभ्एको हो। 

आयोगले अब हुने लाइसेन्स परीक्षामा विषयगत शिक्षकको लागि फारम भर्न लगउने  र सोही अनुसार डिजाइन भएको प्रश्नपत्रअनुसार जाँच लिने तयारी रहेको पनि बताएका हुन ।

उनले कोर्ष स्वीकृत भएको तीन महिनापछिमात्रै त्यसको जाँच दिन पाइने बताउँदै भने, “हामी सबै प्रकृया पूरा गरेर विज्ञापन निकाल्ने तयारीमा छौं । यसै वर्षको अन्त्यमा विज्ञापन निकालिने छ ।”

अहिले सम्ममा आयोगबाट विभिन्न तहका गरेर करिब सात लाखले शिक्षण लाइसेन्स लिइसकेका छन्। 

 

 

 

 

 

 

ट्याग -  अब शिक्षकलाई विषयगत शिक्षण अनुमति

SUGGESTED ARTICLES

img
नेपालीबाहेकका विषय अङ्ग्रेजीमा अध्ययनअध्यापन हुने

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सामुदायिक विद्यालयमा नेपालीबाहेक सबै विषय अङ्ग्रेजीमा अध्ययनअध्यापन गराउन गृहकार्य गर्नेबारे सोचिरहेको बताउनुभएको छ ।


by RSS | Apr 22

img