mobile

टिपर दुर्घटनामा पाँच घाइते

By RSS on Dec 31,2018 - 13:45

लामोसाँघु–जिरी सडकअन्तर्गत सिन्धुपाल्चोकको सिलदुङ्गास्थित २३ किलोमा आज बिहान टिपर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर रहेको र घाइते सबैको खाडीचौरस्थित सदावहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

आवास निर्माणका लागि बनेपाबाट सिमेण्ट र रड लिएर दोलखाको मागा पौवा जाँदै गरेको वा४ख ८२९७ नंको टिपर सडकबाट १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरी चौकी मुढेको प्रहरी नायब निरीक्षक यमबहादुर बुढाथोकीले जानकारी दिनुभयो । रातको समय भएकाले चालक निदाएकाले दुर्घटना भएको र घाइते सबै दोलखा जिल्लाका भएको प्रहरीले जानकारी दिएको छ । (रासस)

ट्याग -  टिपर दुर्घटना

SUGGESTED ARTICLES

img
पठाओ ले नेपालमा बाइक सेयरिङ सर्भिस सेवा दिदै  

केही समयदेखि राजधानीमा ‘टुटल र पठाओ’ यो सेवा चल्दै आएको छ । सरल भाषामा यसलाई ट्याक्सी मोटरसाइकलको नाम दिइएको छ । यो एक प्रकारको मोबाइल एप्लिकेसन हो । उनीहरू मोटरसाइकलमार्फत ट्याक्सीको जस्तै सेवा दिन्छन् । यात्रुले चाहेको गन्तव्यमा पुर्याएर आफूले आम्दानी गरेका हुन् भने यात्रुलाई सहज बनाएका छन् ।


by Anu Rana | Jan 14

img