mobile

९ हजार ५ सय भन्दा बढी विद्यार्थी दीक्षित  

By Anu Rana on Jan 01,2019 - 15:06

त्रिभुवन विश्वविद्यालयको सोमबार ५६औँ ग्रेस लिष्टको ४४औ दीक्षान्त समारोह सम्पन्न भएको छ ।  ललितपुरको पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, खेलकूद मैदानमा हुने समारोहको तयारी पूरा भएको समारोह तयारी मूल समितिका सदस्य–सचिव विष्णुप्रसाद वाग्लेले जानकारी गराउनुभयो ।

उक्त समारोहमा प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा त्रिविका सहकुलपति गिरिराजमणि पोखरेलले सम्बोधन गर्नुहुनेछ । समारोहमा भाग लिनका लागि जवाहरलाल नेहरू विश्वविद्यालय, नयाँ दिल्ली, भारतको स्कूल अफ इन्टरनेशनल स्टडिज अन्तर्गतका साउथ एसिएन इकोनोमिस्कका प्राध्यापक महेन्द्र पि लामा नेपाल आउनुभएको छ । 

शिक्षामन्त्री पोखरेलले शैक्षिक वेरोजगार उत्पादन गर्ने केन्द्र बनेको भन्दै विश्वविद्यालयको शिक्षाको गुणस्तरबारे आलोचना हुने गरेको उल्लेख गर्दै साधारण शिक्षा मात्रै विस्तार गरेर दायित्व पुरा नहुनेतर्फ सजग बन्न आग्रह गरे । उनले शिक्षालाई सिप, सिपलाई श्रम र श्रमलाई सम्वृद्धिसँग जोडेर नविन र श्रृजनात्मक ढंगले नया बाटाहरु पहिल्याउँदै अघि बढ्न विश्वविद्यालयललाई सुझाव दिनुभ्एको थियो । 

पहिलोपटक अनलाइन फारममार्फत सहभागी आह्वान गरिएको समारोहमा २०७४ सालको जेठ १८ गतेदेखि २०७५ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिएका ७४ हजार २८२ जना विद्यार्थीमध्ये नौ हजार ५०४ जना विद्यार्थी दीक्षित हुँदैछन् । समारोहमा गत वर्ष दुई हजार अभिभावकको सहभागिता भए पनि यसपटक छ हजार ३०९ सहभागी हुने त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सह–नियन्त्रक पशुुपति अधिकारीले जानकारी दिनुभयो । 

समारोहमा विभिन्न सङ्कायमा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई त्रिवि प्राध्यापक सङ्घ शहीद उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक, इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक, चान्सलर पदक, त्रिवि प्राध्यापक सङ्घ स्वर्ण पदकलगायत ३१ वटा पदक तथा पुरस्कार वितरण गरिने उहाँले जानकारी गराउनुभयो । 

 

 

 

ट्याग -  ९ हजार ५ सय भन्दा बढी विद्यार्थी दीक्षित  

SUGGESTED ARTICLES

img
शहीद स्मृति विद्यालयमा पूर्वाधार अभाव

द्वन्द्वपीडित विद्यार्थीलाई पठनपाठन गराउँदै आएको दाङको तुलसीपुर उपमहानगरपालिका– १७ हेमन्तपुरस्थित शहीद स्मृति आवासीय माविमा पूर्वाधार अभाव छ । पूर्वाधार अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । विद्यालयका प्रधानाध्यापक नारायण पौडेलका अनुसार पूर्वाधार जीर्ण हुँदा विद्यार्थीलाई बस्न समस्या भएको छ । अहिले विद्यालयमा ४७० विद्यार्थी अध्ययनरत छन् । चार सय ११ विद्यार्थी विद्यालयमै बस्ने गरेका छन् ।


by RSS | Feb 14

img