mobile

अत्यधिक चिसोपछि विद्यालय बन्द

By RSS on Jan 02,2019 - 12:38

अत्यधिक चिसोका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन् । सरकारले हुम्लालगायत हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएका कारण बर्सेनी बिदा दिँदै आएको छ । आइतबार वार्षिक परीक्षा सम्पन्न गरी विद्यालय बन्द गरिएको सदरमुकाम सिमकोटस्थित बालमन्दिर माविका शिक्षक कैलाश रोकायाले बताउनुभयो । “आगामी फागुन १ गतेसम्म विद्यालय बन्द रहने छ, अनी नयाँ शैक्षिक सत्रको शुरुआत गरिनेछ,” मानसरोवर माविका शिक्षक रेशमराज रोकायाले भन्नुभयो । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका वर्ष फडेराका अनुसार चिसोका कारण जिल्लाका १५१ विद्यालय बन्द भएका छन् । यी विद्यालयमा १७ हजारभन्दा बढी छात्रछात्रा अध्ययनरत छन् । 

विस्फोटक पदार्थ ढुवानी 

कर्णाली करिडोरअन्तर्गत हिल्सा–सिमकोट सडक आयोजनाको याछरा भीर फुटाउनका लागि विष्फोटक पदार्थ ढुवानी गर्न थालिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत मङ्गलबारदेखि विष्फोटक पदार्थ ढुवानी गर्न थालिएको हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख इञ्जिनीयर शशाङ्क मिश्रले जानकारी दिनुभयो ।काठमाडौँबाट सुर्खेतहुँदै विष्फोटक पदार्थ हुम्ला ढुवानी गरिएको हो । सो विस्फोटक पदार्थ सिमकोट–हिल्सा, खार्पुदेखि सुनाखाडा र छारेदेखि सलिसल्लासम्मको सडक निर्माणमा प्रयोग गरिने मिश्रले बताउनुभयो । (रासस)

ट्याग -  चिसो

SUGGESTED ARTICLES

img
सामुदायिक विद्यालयमा सुधार

जिल्लाका सामुदायिक विद्यालयको पठनपाठनमा सुधार आएको छ । स्थानीय तह र गैरसकारी संस्थाको समन्वयमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन भएपछि शैक्षिक अवस्थामा सुधार आएको हो । पढाइ राम्रो हुँदैन, शिक्षक योग्य हुँदैनन् भन्ने सोचले यहाँका अभिभावक छोराछोरीलाई निजी विद्यालयमा पढाउँदै आएका थिए । विद्यालयमा हिजोआज विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा १७० सामुदायिक विद्यालय छन् ।


by RSS | May 21

img

Whoops, looks like something went wrong.