mobile

अफगानिस्तानमा सुनखानी दुर्घटनामा ३० को मृत्यु

By Anu Rana on Jan 07,2019 - 10:01

अफगानिस्तानको पूर्वोत्तर प्रान्तमा सुनखानीमा आइतबार भएको दुर्घटनामा कम्तीमा ३० जनाको मृत्यु भएको अफगान अधिकारीहरूले जनाएका छन् । बडाखसान प्रान्तको कोहिस्तान जिल्लामा भएको उक्त दुर्घटनामा अरू सातजना गम्भीर घाइते भएका जिल्ला गभर्नर मोहम्मद रुस्तम राघीले बताएका छन ।

स्थानीय गाउँलेले सुन खोजी गर्न नदी किनारामा झन्डै दुई सय फिट गहिरो खाडल खनेका थिए । मानिसहरूभित्र काम गरिरहेको समयमा दायाँबायाँको पर्खाल एकाएक भत्किएको प्रत्यक्षदर्शीको भनाइ रहेको छ ।

खानीको पर्खाल भत्किएको कारण हालसम्म थाहा हुन सकेको छैन । प्रान्तीय गभर्नरका प्रवक्ता निक मोहम्मद नजारीले खानीमा काम गर्नेहरू व्यावसायिक व्यक्तिहरू नभएको बताएका छन ।

‘स्थानीय गाउँलेहरू खानीको व्यवसायमा दशकौंदेखि संलग्न रहेको र तिनीहरूमा सरकारको कुनै नियन्त्रण नरहेको,’ नजारीले बताएका छन । उनले सरकारले गाउँमा उद्धार टोली पठाइसकेको पनि जानकारी दिनुभ्एको छ ।

ट्याग -  अफगानिस्तानमा सुनखानी दुर्घटनामा ३० को मृत्यु

LATEST NEWS

SUGGESTED ARTICLES

img