mobile

सिरिज जित्दै भारतलाई ७१ वर्षमा अस्ट्रेलियामा पहिलो सफलता

By Anu Rana on Jan 09,2019 - 16:06

टेस्ट क्रिकेटमा भारतले ऐतिहासिक सफलता हात पारेको छ। भारतले अस्ट्रेलियालाई उसकै घरेलु मैदानमा पहिलो पटक हराउँदै सफलता हात पारेको हो। अस्ट्रेलियामा टेस्ट खेल्न भ्रमण गर्न थालेको भारतले ७१ वर्षपछि पहिलो पटक जित हात पारेको हो। चौथो तथा अन्तिम टेस्टको पाँचौँ दिन पनि वर्षाले खेल सम्भव नभएपछि भारतले २–१ को अग्रता लिँदै अस्ट्रेलियन भूमिमा टेस्ट सिरिज हात पारेको हो । अस्ट्रेलियामा टेस्ट सिरिज जित्ने भारत पहिलो एसियन राष्ट्रसमेत बनेको छ । भारतबाहेक अस्ट्रेलियामा दक्षिण अफ्रिका, इंग्ल्यान्ड र न्युजिल्यान्डले मात्र टेस्ट सिरिजमा जित निकालेका छन् । भारतले १९४७–४८ मा अस्ट्रेलियामा पहिलो टेस्ट सिरिज खेलेको थियो ।

यसअघि भारतले अस्ट्रेलियामा टेस्ट सिरिज जित्न सकेको थिएन। अस्ट्रेलियाको भूमिमा टेस्ट शृङ्खला जित्ने भारत विश्वको पाँचौ र एशियाको पहिलो देश हो । अस्ट्रेलियन भूमिमा आफ्नो कप्तानीमा पहिलो पटक टेस्ट शृंखला जित्दा कोहली सबैभन्दा खुसी देखिए। ‘मेरो कप्तानीमा पहिलो पटक अस्ट्रेलियालाई उसैको भूमिमा हराएर टेस्ट शृंखला जित्दा अत्यन्तै खुसी लागेको छ’, कोहलीले भने, ‘यो मेरा भारतीय क्रिकेटकै लागि महत्वपूर्ण क्षण हो।’

जस्प्रितको घातक बलिङ

अस्ट्रेलियन पिचमा भारतका जस्प्रित बुमराहले घातक बलिङ गरे । सिरिजमा भारतबाट सर्वाधिक २१ विकेट लिएका जस्प्रितले २ ।२७ रनरेटमा बलिङ गरे । एडिलेड टेस्टमा उनले ३३ रन खर्चेर ६ विकेट लिए । 

पुजारा नायक

 भारतले ऐतिहासिक जित निकल्दा चेतेश्वर पुजारा नायक भए । उनले चार खेलमा ब्याटिङ गर्दै सर्वाधिक ५ सय २१ रन बनाए । उनले सात इनिङ खेले । सिड्नी टेस्टको पहिलो इनिङमा उनले सर्वाधिक १ सय ९३ रन बनाए । यसपटकको सिरिजमा पुजारा ३ शतकीय इनिङ खेल्न सफल भए । यसैगरी ऋषभ पन्तको पनि ब्याटिङ प्रदर्शन महत्वपूर्ण रह्यो । उनले ४ खेलमा ७ इनिङमा गरी दोस्रो सर्वाधिक ३ सय ५० रन बनाए । ऋषभले १ सय ५९ रन जोडेका थिए । कप्तान कोहलीले एक मात्र शतकीय इनिङ खेल्दा २ सय ८२ रन बनाएका छन् । 

ट्याग -  सिरिज जित्दै भारतलाई ७१ वर्षमा अस्ट्रेलियामा पहिलो सफलता

SUGGESTED ARTICLES

img
उप–प्रमुख महिला क्रिकेट हुने

जिल्लामा उप–प्रमुख कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकामा यही जेठ २३ गतेदखेखि दोस्रो संस्करणको उपमेयर कप शुरु हुनेछ । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो ।


by RSS | May 21

img