mobile

राष्ट्रिय महिला भलिबल : न्यू डायमण्ड विजयी

By RSS on Jan 09,2019 - 20:31

न्यू डायमण्ड कप दोस्रो खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आयोजक न्यू डायमण्डले चितवन टाइग्रेसलाई पराजित गर्दै विजयी भएको छ । 

न्यू डायमण्ड एकेडेमीको कोर्टमा आज भएको उद्घाटन खेलमा न्यू डायमण्डले चितवन टाइग्रेसलाई २५–१३, २५–१८ र २५–११ को सेटमा पराजित गर्दै विजयी भएको हो । त्यस्तै आजै भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले नेपाल आर्मी क्लबलाई २५–२१,२५–२१ र २५–१८ को सोझो सेटमा हरायो । न्यू डायमण्ड समूह ‘ए’को विजेता हुँदै समूह ‘सी’को उपविजेता आर्मीसँग क्वार्टर फाइनलमा भिड्ने पक्का भएको छ । 

त्यस्तै आजै भएको अन्य खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) विजयी भयो । एपिएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–५,२५–१० र २५–८ को सोझो सेटमा हरायो । चारदिने उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले गर्नुभयो । 

उक्त प्रतियोगिताको विजेताले रु तीन लाख एक हजार तथा उपविजेताले दुई लाख एक हजार प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुने टोलीले रु एक लाख एक हजार र चौथोले रु ५१ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार तथा व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीले जनही रु पाँच–पाँच हजार प्राप्त गर्नेछन् । (रासस)

ट्याग -  राष्ट्रिय महिला भलिबल

SUGGESTED ARTICLES

img
नेपालद्वारा मलेशियासामु जितका लागि १४२ रनको चुनौती

एसिसी १६ वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोसो खेलमा नेपालले मलेशियालाई १४२ रनको चुनौती दिएको छ । थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३४ दशमवल ५ ओभरमा सबै विकेट गुमाउँदै १४१ रनको योगफल बनायो ।


by RSS | Apr 24

img