mobile

डियाजको डेब्यू खेलमा रियल मड्रिडको जित

By Anu Rana on Jan 11,2019 - 11:56

कोपा डेल रे फुटबलको बिहीबार बिहान घरेलु मैदानमा खेलिएको खेलमा रियल म्याड्रिडले सजिलो जित हात पारेको छ। घरेलु लिग स्पेनिस ला लिगामा गतिलो प्रदर्शन गर्न नसकिरहेको रियलले कोपा डेल रेको अन्तिम १६ टोलीबीचको भिडन्तको पहिलो लेग खेलमा लेगानेसलाई ३-० गोलले पराजित गरेको हो।

स्पेनिस युवा स्टार ब्राहिम डियाजले डेब्यू गरेको खेलमा स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत प्रिक्वाटरफाइनल चरणको पहिलो लेगमा रियल मड्रिडले लेगानेसलाई ३–० गोलले पराजित गरेको छ ।

इंग्लिस क्लब म्यान्चेस्टर सिटीबाट गएको सातामात्रै १५ मिलियन पाउन्डमा रियलमा अनुबन्ध भएका १९ वर्षीय डियाजले रियलका लागि ७८औं मिनेटमा डेब्यू गरे । उनले भिनिसियस जुनियरलाई प्रतिस्थापन गरेका हुन्, जसले ७७औं मिनेटमा रियलका लागि तेस्रो गोल गरेका थिए ।

अर्को खेलमा बलियो एट्लेटिको म्याड्रिड भने गिरोनासँग उसैको मैदानमा १-१ गोलको बराबरीमा रोकियो। एट्लेटिकोका लागि नवौं मिनेटमा एन्टोइन ग्रिजम्यानले पहिलो गोल गरे। ३४ औं मिनेटमा गिरोनाका एन्थोनी लोजानोले बराबरी गोल फर्काए। यसैगरी गेटाफेले घरेलु मैदानको फाइदा उठाउँदै रियल भालाडोलिडलाई १-० गोलले हरायो भने भिल्लारियल घरेलु मैदानमै आरसीडी स्पान्योलसँग २-२ गोलको बराबरीमा रोकियो।

ट्याग -  डियाजको डेब्यू खेलमा रियल मड्रिडको जित

SUGGESTED ARTICLES

img
नेपालद्वारा मलेशियासामु जितका लागि १४२ रनको चुनौती

एसिसी १६ वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोसो खेलमा नेपालले मलेशियालाई १४२ रनको चुनौती दिएको छ । थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३४ दशमवल ५ ओभरमा सबै विकेट गुमाउँदै १४१ रनको योगफल बनायो ।


by RSS | Apr 24

img