mobile

द्रुतमार्ग तोकिएकै अवधिभित्र सम्पन्न गरिने

By RSS on Jan 11,2019 - 19:50

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले निजगढ काठमाडाँै द्रुतमार्ग सरकारले दिएको समय अवधिभित्र सम्पन्न गर्ने गरी काम भइरहेको बताउनुभयो । 
प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले विसं २०७४ वैशाखमा मन्त्रिपरिषद्ले निर्णय गरी गत साउनमा नेपाली सेनालाई हस्तान्तरण गरिएको सो योजना सरकारसँग भएको सम्झौता बमोजिम कामले गति लिइरहेको जानकारी गराउनुभयो । 

उहाँले राजनैतिक र संवैधानिक हिसाबले सङ्घीयताको घोषणा भए पनि कानून र संरचना तदअनुसार नहुँदा कतिपय कुरा अप्ठ्यारो परेको बताउनुभयो । पार्टीको तल्लो तहसम्मका एकता चाँडै सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । (रासस)

ट्याग -  द्रुतमार्ग

SUGGESTED ARTICLES

img
सविधान संशोधन तथा लाल प्रतिवेदन सार्वजनिक होस् : राजपा

राष्ट्रिय जनता पार्टीले सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न पुनः माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै उक्त पार्टीका नेता महेन्द्रप्रसाद यादवले सो प्रतिवेदन सार्वजनिक गर्न र संविधान संशोधनका लागि सभामुखबाट पुनः रुलिङ गर्न माग गर्नुभएको हो ।


by RSS | May 21

img