गत वर्ष भएको प्रतिनिधिसभा निर्वाचन अघि उज्ज्वल थापा नेतृत्वको विवेकशील र रविन्द्र मिश्रको साझा पार्टी एकीकरण भएर विवेकशील साझा पार्टी गठन भएको थियो । एकताको डेढ वर्ष पनि नपुग्दै मिश्र र थापा अलग्गिएका हुन ।
विवेकशील साझा पार्टी फुटेको हो । केही समययता बैचारिक मतभेद झेल्दैआएका दुइ अध्यक्ष रवीन्द्र मिश्र र उज्ज्वल थापा समूह अलग भएका हुन् । केही दिनअघि संयोजक उज्ज्वल थापाले पार्टी रणनीतिको समीक्षाका लागि १८ पानाको प्रतिवेदन बुझाएका थिए। त्यसपछि पार्टीभित्रको मदभेद सतहमा आएको हो।
थापाले दलले होस र जोसलाई अँगाल्न नसकेको, परिपाटी बसाल्ने पार्टी बनाउनमा चासो कम देखिएको, दलले गति लिन नसकेको र ढंग पनि पर्याप्त नदेखिएको, डरको राजनीति हाबी भएको लगायतका बुँदामा रही पार्टीका समस्याका जडहरु केलाएका थिए।
थापाको नेतृत्वमा आज पुरानै विवेकशील नेपाली दल निर्वाचन आयोगमा दर्ता भएको छ। पार्टीका ३५ मध्ये १६ केन्द्रीय सदस्यले नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको एक नेताले बताए। रवीन्द्र मिश्र संयोजक रहेको साझा पार्टी र थापा संयोजक रहेको विवेकशील नेपाली दलबीच २०७४ साउन ११ गते एकता भएको थियो।
ट्याग -
फुट्यो विवेकशील साझा पार्टी