mobile

पठाओ ले नेपालमा बाइक सेयरिङ सर्भिस सेवा दिदै  

By Anu Rana on Jan 14,2019 - 09:57

केही समयदेखि राजधानीमा ‘टुटल र पठाओ’ यो सेवा चल्दै आएको छ । सरल भाषामा यसलाई ट्याक्सी मोटरसाइकलको नाम दिइएको छ । यो एक प्रकारको मोबाइल एप्लिकेसन हो । उनीहरू मोटरसाइकलमार्फत ट्याक्सीको जस्तै सेवा दिन्छन् । यात्रुले चाहेको गन्तव्यमा पुर्याएर आफूले आम्दानी गरेका हुन् भने यात्रुलाई सहज बनाएका छन् । टुटल एक नेपाली युवाको पहलमा सञ्चालित एप हो भने पठाओ

पठाओ’ को परिचय अनेक छ, बंगलादेशमा । एपमार्फत राइड सेयरिङ सर्भिस, सामान डेलिभरी, खाना डेलिभरी सेवाका कारण यो निकै चर्चित पनि छ । यसले भर्खरै मात्र बंगलादेशमा मोबाइल वालेट सेवा पनि सुरु गरेको छ । बंगलादेशमा लोकप्रियता कमाएको पठाओ अब नेपालमा पनि भित्रिएको छ । बंगलादेशद्वारा नेपालमा सञ्चालित एप हो । दुवैले मोटरसाइकलमार्फत उपत्यकामा बस्ने सर्वसाधारणलाई सेवा दिँदै आएको छ । टुटल सन् २०१७ देखि सञ्चालनमा आएको हो भने पठाओले करिब ६ महिनादेखि सेवा सुरु गरेको हो । 

पठाओजस्ता सेवा नेपालमा पनि सुरक्षित हुने  सहायक प्रबन्धक शशांकशमशेर  थापाको अपेक्षा छ । ‘हामीसँग को चालक कुन सेवाग्राहीसँग कहाँ गए भन्ने तथ्यांक हुन्छ,’ उनी भन्छन्, ‘त्यसकारण यो बढी सुरक्षित हुन्छ ।’ पठाओ नेपालको उद्देश्य व्यापारभन्दा बढी सेवा केन्द्रित रहने उनको दाबी छ । ‘हामी जतिसक्दो धेरै चालकहरू दर्ता गर्छौं । उनीहरूले मासिक ३० देखि ४० हजार रुपैयाँसम्म कमाउन सकून् भन्ने हाम्रो ध्याउन्न हुन्छ,’ उनले भने । पठाओको चालक बन्न आफ्नो नाममा सवारी चालक अनुमतिपत्र, सवारी धनी प्रमाणपत्र अनिवार्य रहेको उनले बताए ।

पठाओले जतिसक्दो बढी चालकहरू परिचालन गर्ने र बढी सेवा दिने उद्देश्य राखेको अर्की सहायक प्रबन्धक सुरक्षा हमालले बताइन् । बंगलादेशमा जस्तै काठमाडौंमा पनि ट्राफिक जाम र सवारीको समस्या हुने भएकाले पठाओको सेवाले यो समस्या समाधानमा सेवा पुग्ने उनी दाबी गर्छिन् । बंगलादेशमा पठाओले बाइक सेयरिङ सर्भिसबाहेक कार, सामान र खानाको डेलिभरीजस्ता सेवा पनि दिइरहेको छ । नेपालमा तत्काल बाइक सेयरिङ सर्भिस सुरु मात्रै हुने भए पनि भविष्यमा अन्य सेवातर्फ अघि बढ्ने शशांकशमशेर थापाले बताए ।

पठाओको आगमनले विदेशी कम्पनीका लागि नेपाली बजार खुला रहेको संकेत पनि गर्छ । यसअघि रकेट इन्टरनेटको स्वामित्वमा रहेको ई–कमर्स साइट दराजलाई अलिबाबाले किनेपछि चिनियाँ कम्पनीको प्रवेश नेपालमा भइसकेको छ । पठाओको आगमनले विदेशी कम्पनीका लागि नेपाली बजार खुला रहेको संकेत पनि गर्छ । यसअघि रकेट इन्टरनेटको स्वामित्वमा रहेको ई–कमर्स साइट दराजलाई अलिबाबाले किनेपछि चिनियाँ कम्पनीको प्रवेश नेपालमा भइसकेको छ ।

ट्याग -  पठाओ ले नेपालमा बाइक सेयरिङ सर्भिस सेवा दिदै  

SUGGESTED ARTICLES

img
नयाँ स्यान्ट्रो हुन्डाई नेपाल मा भित्रियो

नेपालको लागि हुन्डाई मोटरको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले फेमिली ह्याचब्याक गाडी दिअल न्यू स्यान्ट्रो हुन्डाई पुनः नेपाली बजारमा भित्र्याएको छ। बजारको बदलिँदो मागलाई ध्यानमा राखी मोर्डन र स्टाइलिस डिजाइन, आरामदायी र प्रिमियम क्यावेन, नयाँ युगको टेक्नोलोजी, ग्राहक केन्द्रित सुरक्षा र उत्कृष्ट परफोममेन्सका साथ ‘दि अल न्यु स्यान्ट्रो’ गाडी कम्पनीले पुन: नेपालमा भित्र्याएको जारी विज्ञप्तिमा छ । 


by Anu Rana | Feb 19

img