mobile

यो हप्ताको साप्ताहिक राशीफल  

By Anu Rana on Jan 13,2019 - 11:13

तपाईको  यो हप्ता कसरी वित्ने छ, जान्नुहोस (वि .सं . २०७५  पौष २९ देखि माघ ५  गतेसम्मको साप्ताहिक राशिफल)

मेष (चुचेचोलालिलुलेलो)

तापाईंका लागि साताको शुरु शुभ फलदायक छैन । यात्रामा सावधानी अपनाउनु पर्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्छ । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । ठूलो लगानीमा सुरु गरिएको व्यवसायबाट प्रशस्त मुनाफा हात लाग्नेछ । प्रेमी–प्रेमीकासँगको खटपटमा मौन रहनु नै उपयुक्त हुन्छ । पूर्वतर्फको यात्रा फाइदाजनक हुनेछ । सोमबारबाट भने दिनहरु शुभ छन् ।

वृष  (,,,,बा,बि,बु,बे बो)

तपाईंका लागि साताको शुरु र अन्त्यका दिनहरु उत्तम फलदायक देखिन्छन् भने मध्यदिनहरु उपलब्धिमूलक छैनन् ।सामाजिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ कर्यको थालनी हुनेछ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ । नयाँ स्थानको भ्रमणमा केही बढी खर्च होला । सामाजिक क्षेत्रमा काम गर्ने अवसर जुट्नेछ ।

मिथुन (का,कि,कु,,,,के,को,)

तपाईंका लागि साताका शुरुका दिनहरु धेरै उत्तम फलदायक छन् । धन लाभ, स्वस्थता, रोमान्टिक जमघट, रमाइलो वातावरण होला । मान्यजनको सहयोग प्राप्त हुनेछ । स्वादिष्ट भोजन पाईनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । व्यापारीलाई विशेष लाभ हुने सम्भावना छ । साताको अन्त्यमा भने व्यर्थमा खर्च, दौडधुप, दिनचर्या अस्तव्यस्त होला ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

तपाईंका लागि यो साता उत्तम फलदायक छ । शुभ मांगलिक कामको थालनी हुने, हरेक कार्य सफल हुनेछ । आत्मविश्वास जाग्नेछ । रोकिएका काम सम्पादन हुने योग छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । उन्नति–प्रगतिका लागि गरेका प्रयासहरु खेर जानेछैनन् । बोली बिक्नेछ । साताको अन्त्यमा पश्चिमतर्फको यात्रा लाभदायक देखिन्छ ।

सिंह (मा,मि,मु,मे,मो,टा टि,टु,टे)

तपाईंका लागि साताको अधिकांश समय राम्रो फल दिनेवाला देखिन्छ । आइतबारसम्म उदरजन्य रोगको सम्भावना, दिनचर्या अस्तव्यस्त, पारिवारिक विवादको सम्भावना छ ।राजनैतिक चिन्तन बढ्नेछ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । पैतृक सम्पत्ति उपयोग गर्दा थप पाइदा उठाउन सकिनेछ । प्रेम सम्बन्धमा सावधानी अपनाउनुमै आफ्नो कल्याण छ । यात्रा गर्दा चिसोबाट जोगिने प्रयत्न गर्नुहोला । साताको अन्त्यमा राम्रै आम्दानी हुने अवसर प्राप्त होला ।

कन्या (टो,,पि,पु,,,,पे,पो)

कर्मचारीवर्गले कार्य सम्पादन गर्दा विशेष होसियारी अपनाउनु उचित हुन्छ । भोजभतेरमा समय खर्च गरिनेछ । परिवारका ज्येष्ठ सदस्यको भूमिकामा विशेष लगानीको वातावरण बन्दैछ । झिना–मसिना कुरामा नलागी एकचित भै लक्ष्यतर्फ लम्कन सकिनेछ ।  साताको बीचभाग सोम, मंगल र बुधबार भने रोगव्याधिको भय, विवाद, चोटपटकको सम्भावना देखिन्छ । अधिक खर्च, तनाव, कष्ट बेहोर्नुपर्ला ।

तुला (,रि,रु,रे,रो,ता,ति,तु,ते)

तपाईंका लागि यो साताका धेरैजसो दिन उपलब्धिमूलक नै देखिन्छन् । कतिपय अधुरा चाहना पूरा गर्ने समय आएको छ । आर्थिक क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । रोकिएका कार्यको गाँठो फुक्ने सम्भावना छ । कुनै कार्य सम्पन्न गर्दा ढिलाइ नगर्नुहोला । साताको अन्त्यमा प्रेमी–प्रेमिकाले नयाँ प्रस्ताव राख्ने सम्भावना छ । सवारी साधन चलाउँदा संयम अपनाउनुपर्नेछ ।  साताको अन्त्य बिहीबार र शुक्रबार भने आर्थिक नोक्सानी, व्यवधान आउला । सतर्कता अपनाउनुपर्ला ।

वृश्चिक (तो,,ना,नि,नु,ने,नो,या,यि,यु)

तपाईंका लागि यो साता उत्तम फल दिनेवाला छ ।धार्मिक कार्य सफल रहनेछन । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । प्रेम सम्बन्ध कसिलो होला । व्यापारबाट राम्रो आम्दानी हुने, पठनपाठनमा सक्रियता बढ्ने, गरिरहेको रोजगारी वा व्यवसायबाट आत्मसन्तुष्टि मिल्नेछ । धन, उपहारादि वस्तु प्राप्तिको सम्भावना छ । सप्ताहान्तमा प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

धनु (ये,यो,,भि,भु,,फा,,भे)

तपाईंका लागि साताको शुरुका दुई दिन शुभ देखिँदैन । कार्यस्वरूप एवं परिस्थितिअनुरूप कम बोल्नुमै कल्याण छ । आफ्नो बहुमूल्य सरसामानप्रति विशेष निगरानी राख्नुहोला । जटिल सामाजिक कार्य सम्पन्न गर्न तन, मन, धन खर्च गरी सहयोग गर्नुपर्नेछ । सवारी साधन चलाउँदा संयम अपनाउनुहोला । अधुरा कार्यहरु पूरा हुनेछन् । प्रेमप्रसंग सफल हुनेछ । आफ्नो जीवनसाथीबाट धेरै सहयोग मिल्नेछ । कतैबाट पुरस्कृत भइने सम्भावना छ ।

मकर (भो,,जि,खि,खु,खे,खो,गा,गि)

यो साता तपाईंका लागि मिश्रित फलदायक छ । साताको शुरुमा केही शुभ संकेत देखा परे पनि सोमबारबाट काममा बाधा–व्यवधान आउने, पढाइ–लेखाइमा रुचि कम हुने, आकस्मिक खर्च हुने देखिन्छ । यात्रा तय गर्ने सम्भावना टरेको छैन । भोजभतेरमा संयमपूर्वक मनोरञ्जन गर्नुपर्नेछ । सप्ताहन्तमा रोजगारीको अवसर जुट्न सक्छ । 

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,)

तपाईंका लागि यो साताका धेरैजसो दिनहरु फलदायक नै देखिन्छन् । आफन्त तथा अभिभावकको सुझावले व्यवहारिक बन्न प्रेरणा दिनेछ । नयाँ क्षेत्रमा लगानी गरे फाइदा नै होला । अरूलाई छिटो विश्वास गर्ने बानीले पछि परिनेछ । सभा, सम्मेलन तथा तालिममा सहभागी हुने वातावरण सिर्जना हुन सक्छ, जसमा आफ्नो प्रतिभाले उच्च कदर प्राप्त गर्नेछ । बिहीबार र शुक्रबार भने काममा व्यवधान, स्वास्थ्य समस्या, आर्थिक नोक्सानी नहोला भन्न सकिन्न ।

मीन (दि,दु,,,,दे,दो,,चि)

तपाईंका लागि यो साता शुभ फलदायक छ । शुभ मांगलिक काम हुनेछ । पुरुषार्थले अप्ठ्यारा समस्या सुल्झाउँदै धन एवं प्रतिष्ठा दिलाउन सक्छ । प्रतिकुल परिस्थितिमा शुभचिन्तकहरू कमै हुनेछन् भने फाइदा उठाउनेहरू प्रशस्त फेला पर्नेछन् । तत्काललाई समस्या देखिए पनि सोमबारपछि प्रगतिको मार्ग पहिल्याउन सकिनेछ । काम देखाएर धेरैको प्रशंसा बटुल्न सकिनेछ ।

ट्याग -  यो हप्ताको साप्ताहिक राशीफल  

SUGGESTED ARTICLES

img
७२ वर्षमा नागरिकता

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको एक महिलाले ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर ११ स्थित टाटामा सञ्चालन गरेको शिविरमा राज्यले उपलब्ध गराउने विभिन्न सेवा सुविधाबाट बञ्चित भएपछि वडा नम्बर ६ की ढुरल्या बोहराले बल्ल ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिनुभयो ।


by RSS | May 21

img