mobile

दुर्घटनामा एकको मृत्यु

By RSS on Jan 13,2019 - 14:35

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावसोतीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।

आज बिहान डण्डाबाट नारायणगढका लागि छुटेको ना४ख ७९२८ नंको बसले ना४९प २२०७ नंको मोटरसाइकललाई ठक्कर दिँदा रौतहट गोमरिया घर भई हाल कावासोतीमा मिस्त्री काम गर्दै आएका ३५ वर्षीय दमेन्द्र यादवको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका यादवको उपचारका क्रममा कालीगण्डकी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

ट्याग -  दुर्घटना

SUGGESTED ARTICLES

img
७२ वर्षमा नागरिकता

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको एक महिलाले ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर ११ स्थित टाटामा सञ्चालन गरेको शिविरमा राज्यले उपलब्ध गराउने विभिन्न सेवा सुविधाबाट बञ्चित भएपछि वडा नम्बर ६ की ढुरल्या बोहराले बल्ल ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिनुभयो ।


by RSS | May 21

img