mobile

र्तीथालुले भरिए धार्मिक पीठ

By RSS on Jan 14,2019 - 11:37

जिल्लाका फरक ‘विश्वास’ बोकेका बाह्रकुने दह र देउखुरीको बगरबाबा रिहार र छिमेकी जिल्ला प्युठानको ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थल स्वर्गद्धारीसम्म जाने आन्तरिक र बाह्र पर्यटक बढेका छन् । 

गुण्टा कुम्ला बोकी तीर्थ निस्केकाको भिडले सडकै भरिएको छ । पर्यटक लेखेका नेपाली नम्वर र भारतीय गाडीको समेत यहाँ बाक्लो उपस्थिति देखिएको छ । सडकदेखि मुख्य बजार र तीर्थस्थलमा घुइँचो लागेको छ । आन्तरिकसँगै छिमेकी देश भारतबाट समेत भक्तजन दर्शन र मनोकांक्षा पूरा गर्न आएका छन् । उनीहरूले माघे सङ्क्रान्तिमा दह र रिहारमा धार्मिक तिर्थाटन गर्ने गरेका छन् भने धेरै भारतीय पर्यटकका लागि अहिले स्वर्गद्धारी प्रमुख धार्मिक रोजाइको पीठ बनेको छ । विशेष गरेर दाङका विभिन्न तीर्थस्थलमा आजदेखि माघ १ गतेसम्म भक्तजन र सर्वसाधारणको भीड लाग्ने गरेको छ । बाह्रकुने दहमा भेडा, कुखुराको बलि दिनेको पनि भीड लाग्ने गरेको छ । 

रिहारको दहमा तातोपानी रहेकाले तातोपानीमा नुहाउदा चर्म रोग निको हुने विश्वासका कारण पनि धेरै भारतीय पर्यटक त्यहाँ आउने गरेका छन् । माघे सङ्क्रान्तिमा लाखौँले रिहारको तातोपानी र दहमा स्नान गर्दै आएको स्थानीय समाजसेवी रेशमबहादुर खड्काले बताउनुभयो । बराह मन्दिर व्यवस्थापन समितिका अनुसार सयौँ दर्शनार्थीले मन्दिर र तालको दर्शन गर्छन् । त्यो मन्दिरमा चिच्याएर भाकल गर्ने विश्वास छ र त्योअनुसार नै भाकल गर्ने चलन छ । रिहारमा बगर बाबा, ब्राह, शिव मन्दिर र तातो पानीको कुण्ड छ । त्यहाँ स्नान गरेमा मनोकामना पूरा हुने, निःसन्तानले सन्तान पाउने र चमर रोग निको हुने धार्मिक विश्वास छ । (रासस)

ट्याग -  र्तीथालु

SUGGESTED ARTICLES

img
चितवन प्रदेश नं ३ को पर्यटकीय केन्द्र’

प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले चितवनलाई प्रदेशको पर्यटकीय केन्द्रका रुपमा विकास गरिने बताउनुभएको छ । जननेता मदन भण्डारीको शव भेटिएको ठाउँ भरतपु–१७ गाँजीपुरमा आज आयोजित श्रद्धाञ्जलि सभा तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले चितवनलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।


by RSS | Today, 03:47 PM

img