mobile

अपराधीलाई कारवाही गर्न सञ्चारकर्मीले दबाब दिनुपर्छ : देउवा

By RSS on Jan 14,2019 - 14:50

पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले देशमा हत्या बलात्कार जस्ता आपराधिक घटना बढ्दै गएको भन्दै यस्ता घटनाका अपराधीमाथि कारवाहीका लागि दबाब दिन सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ ।

नेपाल प्रेस युनियनले आज यहाँ गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री देउवाले भन्नुभयो, “कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याका दोषीलाई सरकारले लुकाउने काम गरेको छ, दोषीलाई कारवाही गर्न मिडियाले दबाब दिनुपर्छ ।”

नेता देउवाले आफ्नो नेतृत्वको सरकारले वाइड बडी जहाज खरीद गर्ने निर्णय नगरेको स्पष्ट पार्नुभयो । देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामानै उपसमिति गठन गरेर वाइड बडी जहाज खरीद प्रक्रिया शुरु गरिएकोमा पुष्पकमल दहाल नेतृत्वको सरकारले जहाज खरीदका लागि जमानत बसेर बोलपत्र आह्वान गरेको जिकिर गर्नुभयो ।

‘आफ्नो नाम जोडेर भ्रम फैलाइएकामा दुःख व्यक्त गर्दै देउवाले भन्नुभयो, “विमान खरीदमा अनियमित गर्ने दोषीमाथि कारवाही गर्नुपर्छ ।”
चिकित्सा शिक्षालाई स्तरीय र युग सुहाउँदो बनाउन प्रा डा गोविन्द केसीसँग वार्ता गरेर आफ्नो नेतृत्वको सरकारले विगतमा ऐन ल्याएको देउवाले बताउनुभयो । उहाँले अहिलेको सरकारले उक्त ऐन अध्यादेशमार्फत संशोधन गर्न खोजेको प्रति विरोध जनाउनुभयो ।

ट्याग -  नेपाली काङ्ग्रेसका

SUGGESTED ARTICLES

img
राष्ट्रपति भण्डारी चीन प्रस्थान

राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा यही वैशाख ११ देखि १९ गतेसम्म चीनको राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भण्डारीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्री र गृहमन्त्रीले बिदाइ गर्नुभयो ।


by RSS | Apr 24

img