mobile

युएईलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

By Anu Rana on Jan 15,2019 - 11:23

थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी ट्वान्टी स्म्यास क्रिकेटमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । थाल्याण्डको बैककमा सोमबार युएईलाई ६ विकेटले पराजित गर्दै लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनल प्रवेश गरेको हो । युएईले दिएको १०६ रनको लक्ष्य नेपालले १९ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

नेपालको जितमा ओपनर सिता राना मगरले ३७ रन जोडिन । यस्तै काजल श्रेष्ठले २५ रन जोड्दा इन्दु बर्माले १३ रन बनाईन् । कप्तान रुबिना क्षेत्री १० रनमा अविजित रहदा नेरी थापा ६ रनमा अविजित रहिन् । सोमबारको जितसँगै ३ खेलबाट ६ अंक जोडेको नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको छ । 

बलिङतर्फ नेपालकी सोनु खड्का, सीता राना मगर र करुणा भण्डारीले एकरएक विकेट लिएका थिए । नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार थाइल्याण्डसँग खेल्नेछ ।नेपालले यसअघि चीनलाई १० विकेटले र मलेसियालाई ६ विकेटले हराएको थियो ।

ट्याग -  युएईलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

SUGGESTED ARTICLES

img
उप–प्रमुख महिला क्रिकेट हुने

जिल्लामा उप–प्रमुख कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकामा यही जेठ २३ गतेदखेखि दोस्रो संस्करणको उपमेयर कप शुरु हुनेछ । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो ।


by RSS | May 21

img

Whoops, looks like something went wrong.