mobile

राष्ट्रिय एकता र सद्भाव अभिवृद्धि गर्ने अध्यक्ष दाहालको अपेक्षा

By RSS on Jan 15,2019 - 11:23

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघे सङ्क्रान्ति पर्वले नेपालीमा राष्ट्रिय एकता र सद्भाव अभिवृद्धि गर्ने अपेक्षा गर्नुभएको छ । माघेसङ्क्रान्ति पर्वको अवसरमा अध्यक्ष दाहालले आज शुभकामना सन्देश दिनुहुँदै यस पर्वले सबै नेपालीलाई मुलुकको समृद्धि, विकास र निर्माणमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ । उहाँले थारु, मगरलगायत आम नेपालीले मनाउने चाड माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । (रासस)

ट्याग -  माघे सङ्क्रान्ति पर्व

SUGGESTED ARTICLES

img
प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेश सभाको बैठकलाई सम्बोधन गर्नुहुने

प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन ८ गते सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले सो जानकारी दिनुभएको हो । यसैगरी सोही दिन धनगढी खुलमञ्चमा आयोजना हुने पार्टीको सुदूरपश्चिमस्तरीय विषेश कार्यकर्ता भेलालाई पनि उहाँ र कम्युनिष्ट पार्टी(नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’लगायत


by RSS | Feb 17

img