mobile

सुदुरपश्चिम खप्तड गोल्डकपको खेल तालिका सार्वजनिक  

By Anu Rana on Jan 17,2019 - 12:03

देशकै सर्वाधिक धनराशीको तेस्रो नेपाल आईस अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको खेल तालिका सार्वजनिक भएको हो । काठमाण्डौंमा जारी सहिद स्मारक ए डिभिजन लिगको अन्तिम चरणको खेलत तालिका आएपछि आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबले  गोल्डकपको खेल तालिका सार्वजनिक भएको हो । पुस २४ गतेदेखि माघ ५ गतेसम्म आयोजना हुने प्रतियोगिताको सार्वजनिक गरिएको खेल तालिका अनुसार सहभागी १२ टीमहरुलाई दुई समुहमा विभाजन गरिएको छ । आयोजक सुदुरपश्चिम– ११ स्पोर्टस क्लब सहित सहित मेची नेत्रालय काकँरभित्ता झापा, नेपाल एपिएफ, भ्याली च्यासल युवा क्लब, रुस्लान थ्री स्टार र दिल्ली एफसी रहेका छन् । यो समुहबाट नेपाल एपिएफ र रुस्लान थ्रीस्टार पहिलो चरणमा वाई पाएर सिधैं क्वाटरफाईनलका खेल खेल्नेछन् । उद्घाटन खेलमा आयोजक सुदुरपश्चिम– ११ स्पोर्टस क्लब र मेची नेत्रालय काकँरभित्ता झापा बीच उद्घाटन खेल हुने छ । यो खेलको विजेताले क्वाटरफाईनलमा नेपाल एपिएफएसँग प्रतिस्पर्धा गर्नेछ । भ्याली च्यासल युवा क्लब र दिल्ली एफसीबीच हुने खेलको विजेता टोलीले क्वाटरफाईनलमा रुस्लान थ्रीस्टारसँग खेल्नेछ ।

अर्को समुहमा सिग्नेचर मनाङ मस्याङ्दी, सिएमजी संकटा, नेपाल पुलिस, गोर्खा ब्वाईज स्पोर्टस रुपन्देही, मोरङ ११ स्पोर्टस क्लब र क्यामरुनको धाउफिन्स टीम फ्यामिली क्लब रहेका छन् । यो समुहबाट पनि सिग्नेचर मनाङ मस्याङ्दी र क्यामरुनको धाउफिन्स टीम फ्यामिली क्लब पनि पहिलो चरणमा वाई पाएर सिंधै क्वाटरफाईनलमा पुगेका छन् । मनाङले नेपाल पुलिस र मोरङ ११ स्पोर्टस क्लबको विजेतासँग सेमिफाईनल प्रवेशका लागि खेल्ने छ । क्यामरुनको धाउफिन्स टीम फ्यामिली क्लबले सेमिफाईनल जानका लागि सिएमजी संकटा र गोर्खा ब्वाईज स्पोर्टस रुपन्देही बीचको विजेतासँग खेल्नेछ ।

तेस्रो संस्करणको नेपाल आईस अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको विजेताले नगद २१ लाख र उपविजेताले नगद १० लाख हात पार्नेछ । उत्कृष्ट खेलाडीले मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट विधाका खेलाडीले जनही १५÷१५ हजार पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ । प्रतियोगिता धनगढीमा पुस २४ गतेदेखि सुरु भएर माघ ५ गतेसम्म सञ्चालन हुनेछ ।

 

ट्याग -  सुदुरपश्चिम खप्तड गोल्डकप

SUGGESTED ARTICLES

img
नेपालद्वारा मलेशियासामु जितका लागि १४२ रनको चुनौती

एसिसी १६ वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोसो खेलमा नेपालले मलेशियालाई १४२ रनको चुनौती दिएको छ । थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३४ दशमवल ५ ओभरमा सबै विकेट गुमाउँदै १४१ रनको योगफल बनायो ।


by RSS | Apr 24

img