mobile

श्रमदानका लागि ‘एक घर: एक व्यक्ति’

By RSS on Jan 17,2019 - 13:06

तनहुँको भानु नगरपालिका–९ पुर्कोटका बासिन्दा मोटरबाटो स्तरोन्नतिका लागि श्रमदानमा खटिएका छन् । सोही ठाउँको फलेदे लौडारीभञ्ज्याङको बाटो स्तरोन्नतिका लागि प्रत्येक घरबाट एकजना खटिएको बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष बासुराज कडरियाले जानकारी दिनुभयो । 
उहाँले भन्नुभयो, “सडकमा श्रमदान गर्नका लागि एक हप्तादेखि दैनिक ५००का दरले स्थानीयवासीले श्रमदान गरिरहेका छन् । प्रत्येक घरबाट एकजना अनिवार्य गरिएको छ ।” 

उक्त मोटरबाटो स्तरोन्नतिका लागि भानु नगरपालिकाले चालु आर्थिक वर्ष २०७५÷७६ मा रु ५० लाख विनियोजन गरेको थियो । उक्त नगरपालिका–७ स्थित थानीसम्म जोडिने सो बाटो साढे नौ किमी लामो छ । चालु आर्थिक वर्षमा दुईसय मिटर पक्की नालीसहित उक्त बाटो ग्राभेल गर्ने योजना रहेको अध्यक्ष कडरियाले जानकारी दिनुभयो । 

ट्याग -  श्रमदान

SUGGESTED ARTICLES

img
७२ वर्षमा नागरिकता

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको एक महिलाले ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर ११ स्थित टाटामा सञ्चालन गरेको शिविरमा राज्यले उपलब्ध गराउने विभिन्न सेवा सुविधाबाट बञ्चित भएपछि वडा नम्बर ६ की ढुरल्या बोहराले बल्ल ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिनुभयो ।


by RSS | May 21

img