mobile

वीरेन्द्रनगर नगरपालिकाद्वारा ४८ मुद्दा छिनोफानो

By RSS on Jan 17,2019 - 13:15

वीरेन्द्रनगर नगरपालिकाले दर्ता भएकामध्ये ४८ मुद्दा छिनोफानो गरेको छ । नगरपालिकाकाको न्यायिक समिति संयोजक एवं उपप्रमुख मोहनमाया ढकालले चैत महीनादेखि दर्ता भएका ती मुद्दाहरु कानूनसम्मत टुङ्गो लगाएइएको जानकारी दिनुभयो । 

अधिकांश मुद्दाहरु जग्गा विवाद र अंशबण्डासम्बन्धी थिए । साविकको क्षेत्रीय सदरमुकाम र हाल प्रदेश राजधानी भएसँगै बढ्दो जनघनत्वका कारण उजुरी आउने क्रम पनि बढेको उहाँको भनाइ थियो । उक्त नगरपालिकाले ‘न्यायिक समिति कार्यसम्पादन विधेयक २०७५’ पारित गर्नाका साथै हालसम्म ३० ऐन, कानून र निर्देशिकाहरु पारित गरिसकेको जनाएको छ । (रासस)

ट्याग -  मुद्दा

SUGGESTED ARTICLES

img
युद्ध भए इरान ध्वस्त हुनेछ': डोनाल्ड ट्रम्प  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग युद्ध गर्न खोजे इरान ध्वस्त हुने चेतावनी दिएका हुन्। ट्रम्पले ट्वीटरमा 'यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ। त्यसैले अमेरिकालाई फेरि कहिल्यै नधम्काउनु' लेख्दै चेतावनी दिएका हुन्।


by Anu Rana | May 21

img