mobile

एटिएमको ताला फुटाएर पैसा चोर्न खोज्ने पक्राउ

By RSS on Jan 17,2019 - 13:57

एटिएमको ताला फोडेर पैसा चोर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित एसबिआई बैंकको एटिएमको ताला फुटाउँदै गरेको अवस्थामा बारा कलैया नगरपालिका घर भई ललितपुर सातदोबाटो बस्दै आएका रोहित शर्मालाई पक्राउ गरिएको प्रहरीले आज जानकारी दिएको छ । 

उता बूढानीलकण्ठ नगरपालिका–३ चपली बस्ने उदयपुरका ४२ वर्षीय खगेन्द्र राईको काठमाडौँ महाराजगञ्जस्थित करु कन्स्ट्रक्सनको निर्माणाधीन भवनबाट खसेर मृत्यु भएको छ । बाँसको खट बनाउने क्रममा बुधबार दुई तलामाथिबाट खस्दा गम्भीर घाइते भएका उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । (रासस)

ट्याग -  पक्राउ

SUGGESTED ARTICLES

img
७२ वर्षमा नागरिकता

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको एक महिलाले ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर ११ स्थित टाटामा सञ्चालन गरेको शिविरमा राज्यले उपलब्ध गराउने विभिन्न सेवा सुविधाबाट बञ्चित भएपछि वडा नम्बर ६ की ढुरल्या बोहराले बल्ल ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिनुभयो ।


by RSS | May 21

img