mobile

निर्णय सच्याउन सरकारसँग माग

By RSS on Jan 17,2019 - 15:47

जिपी कोइराला फाउण्डेशनले पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नामबाट खुलेका अस्पताललाई सरकारले विघटनको तयारी गरेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली गिरिजाप्रसाद कोइरालाको नामबाट तनहुँमा बन्दै गरेको श्वासप्रश्वास केन्द्र र बाँकेको सुशील कोइराला क्यान्सर अस्पताललाई केन्द्रीय सरकारमार्फत नराखेर विघटन गर्ने तयारी गरेको भन्दै उक्त फाउण्डेशनले निर्णय सच्याउन माग गरेको हो । 

फाउण्डेशनको सातै प्रदेशका संयोजकहरु क्रमशः इन्दिरा थापा, डा शुभाषचन्द्र यादव, रीता खनाल, शारदा पौडेल, डा गोविन्द पोखरेल, रीता शाही र चतुरबहादुर चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा बन्दै गरेका दुईवटै अस्पताललाई विघटन गर्ने निर्णय राजनीतिक संस्कारको न्यूनतम मूल्य तथा मान्यताविपरीत भएकाले सच्याउन भनिएको छ ।(रासस)

ट्याग -  जिपी कोइराला फाउण्डेशन

SUGGESTED ARTICLES

img
जनताको आर्थिकवृद्धिमा सरकार कटिवद्ध ः मन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले तराई मधेशमा जनताको आर्थिकस्तर वृद्धि गर्न सरकार कटिवद्ध रहेको बताउनुभएको छ । सिरहाको कर्जन्हास्थित फुलकुमारी महतो स्कुल गेटदेखि उत्तरवाहिनी सडक कालोपत्रे योजना र बन्दिपुर–बस्तीपुर कर्जन्हा बजार अस्पताल मनहर्वा कालोपत्रे सडक योजनाको शनिबार शिलान्यास गर्नुहुँदै मन्त्री महासेठले तराई मधेशका जनताको आर्थिकस्तर उकास्दै विकासको लहर ल्याउन सरकारले योजनाअघि सारेको चर्चा गर्नु भयो ।


by RSS | Apr 21

img