mobile

इँटा उद्योग बन्द गर्न वातावरण ऐन निर्माण

By RSS on Jan 18,2019 - 12:20

मापदण्डविपरीतका इँटा उद्योग बन्द गर्न पाँचखाल नगरपालिकाले वातावरण ऐन निर्माण गरेको छ । नपाले निर्माण गरेको उक्त ऐन यसै साता नगरपरिषद्ले पास गरेको छ । स्थानीय तहले मापदण्डविपरीतका इँटा उद्योग बन्द गर्ने पूर्ण अधिकार नभएकाले वातावरण ऐन निर्माण गरी मानव तथा कृषि उपजमा प्रतिकूल असर पार्ने उद्योग बन्द गर्न लागिएको नगरप्रमुख महेश खरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “मापदण्डविपरीतका इँटा उद्योग बन्द गर्न वातावरण ऐन बनाइयो, अब एक हप्तामै नियमावली बनाएर बन्द गर्नतिर लाग्छौँ ।” 

पाँचखाल नपाको वडा नं ७, ८, ९ र १२ मा सात इँटा उद्योग सञ्चालित छन् । पाँचखालका इँटा उद्योगको वातावरण प्रभाव मूल्याङ्कन (आईइइ) अध्ययन गर्दा सबै इँटा उद्योग स्वीकृतअनुसार ९८ प्रतिशतसम्म मापदण्डविपरीत सञ्चालनमा रहेको नगरप्रमुख खरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मापदण्डविपरीत सञ्चालित इँटा उद्योग बन्द गर्ने विषयमा केन्द्र र प्रदेश सरकारको निर्णय कु¥यौँ, तर अहिलेसम्म नआउँदा हामीले ऐन बनाएर बन्द गर्ने निर्णयमा पुग्यौँ ।” 

नपाले तयार पारेको वातावरण ऐनमा ‘नागरिककको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई सुनिश्चित गर्न, वातावरणीय जोखिम न्यूनीकरण गर्न तथा प्राकृतिक स्रोतको समुचित उपयोग र व्यवस्थापनबाट वातावरण संरक्षण गर्न कानूनी व्यवस्था वान्छनीय भएकाले नेपालको संविधानको धारा २२६ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ बमोजिम नगरसभाले यो ऐन बनाएको छ’ भनिएको छ । ऐनको नाम ‘पाँचखाल नगरपालिकाको वातावरण संरक्षण ऐन–२०७५’ राखिएको छ । (रासस)

ट्याग -  इँटा उद्योग

SUGGESTED ARTICLES

img
युद्ध भए इरान ध्वस्त हुनेछ': डोनाल्ड ट्रम्प  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग युद्ध गर्न खोजे इरान ध्वस्त हुने चेतावनी दिएका हुन्। ट्रम्पले ट्वीटरमा 'यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ। त्यसैले अमेरिकालाई फेरि कहिल्यै नधम्काउनु' लेख्दै चेतावनी दिएका हुन्।


by Anu Rana | May 21

img

Whoops, looks like something went wrong.