mobile

विद्युत चोरी गर्ने ४१ कारवाहीमा

By RSS on Jan 18,2019 - 15:14

चालू आर्थिक वर्षको अहिलेसम्म नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत चोरी गर्ने ४१ लाई कारवाही गरेको छ । चालु आर्थिक वर्षको माघसम्म पोलबाट विद्युत् हुकिङ गरेर घरायसी प्रयोजनमा ल्याउने ४१ जनाको घरमा छापामारी घरधनीलाई पक्राउ गरिएको उक्त केन्द्र प्रमुख दीपकजङ्ग चौधरीले बताउनुभयो । 


उहाँका अनुसार पक्राउ परेका व्यक्तिलाई विद्युतीय सामग्री प्रयोगको आधारमा रु दुई हजारदेखि रू ८३ हजारसम्म जरिवाना गर्दा रु चार लाख ६१ हजार १२० राजश्व सङ्कलन भएको केन्द्रका प्रशासन प्रमुख युवराज विष्टले जानकारी दिनुभयो । पछिल्लो समय विद्युत् चुहावट रोक्नका लागि उक्त केन्द्रले अनुगमनलाई तीव्रता दिँदै आएको छ । (रासस)

ट्याग -  विद्युत चोरी

SUGGESTED ARTICLES

img
घुस लिएको अभियोगमा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर बेलौरी नगरपालिका कार्यालयका सब–इञ्जिनीयर हृदयराज बजगाईंलाई रु ६० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । बेलौरी नगरपालिकमा कलभर्ट निर्माण कार्य सम्पन्न भइसकेको ठेक्काको अन्तिम बिल फर फारक गर्ने प्रयोजनका लागि इञ्जिनीयर बजगाईंले घुस माग्दै गरेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले आज कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।


by RSS | Feb 17

img