mobile

सभापति देउवाद्वारा दुःख व्यक्त

By RSS on Jan 18,2019 - 16:47

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता केशवराज रेग्मीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उहाँको निधनबाट पार्टीले एक अग्रज नेता गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ । काङ्ग्रेस कास्कीका अग्रज नेता रेग्मीको हिजो काठमाडौँमा ७३ वर्षको उमेरमा निधन भएको पार्टीले जनाएको छ ।

विसं २०३० मा गण्डकी छात्र समितिबाट राजनीतिमा प्रवेश गरेका रेग्मी नेपाल तरुण दल कास्कीका संस्थापक हुनुहुन्थ्यो । स्व रेग्मीले पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनका क्रममा पटक–पटक गरी करीब पाँच वर्ष जेल जीवन समेत बिताउनु भएको थियो ।

आजै सभापति देउवाले सिन्धुपाल्चोक काङ्ग्रेसका पूर्वमहासमिति सदस्य भक्तध्वज प्रधानको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । प्रधानको काठमाडौँको भेडासिंहस्थित निवासमा ९२ वर्षको उमेरमा यही माघ ३ गते निधन भएको पार्टी कार्यालयले जनाएको छ । स्व प्रधानले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

ट्याग -  नेपाली काँग्रेस

SUGGESTED ARTICLES

img
घुस लिएको अभियोगमा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर बेलौरी नगरपालिका कार्यालयका सब–इञ्जिनीयर हृदयराज बजगाईंलाई रु ६० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । बेलौरी नगरपालिकमा कलभर्ट निर्माण कार्य सम्पन्न भइसकेको ठेक्काको अन्तिम बिल फर फारक गर्ने प्रयोजनका लागि इञ्जिनीयर बजगाईंले घुस माग्दै गरेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले आज कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।


by RSS | Feb 17

img