mobile

चियाले स्तन क्यान्सरदेखि हड्डी कमजोरसम्म बनाउने वैज्ञानिकको  खोज

By Anu Rana on Jan 20,2019 - 11:14

आजभोली हरेक मानिशहरउको उज्वलो नै चियाको साथमा हुने गरेको छ । नेपाली समाजमा चिया पिउनु लाइफ स्टाइल जस्तै भैसकेको छ । तर, एउटा अनुसन्धानले भने चिया पिउद क्यान्सर हुन सक्न बाताएको छ ।

ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित खोजले चिया धेरै पिउने व्यक्तिलाई क्यान्सरको सम्भावना हुने बताएको छ । चिया पिउँदा हुने बेफाइदाहरु यस्तो रहेको छ :

चियाले मानबमा पार्ने असर

चिया धेरै पिउने मान्छेलाई यो समाचारले दुखित बनाउन सक्छ । त्यो किनभने चियाले ब्रेस्ट क्यान्सरको सम्भावनालाई समेत बढाउँदै लैजान्छ । बढी तातो चिया पिउनु पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

तातो चिया पिउनुको परिणाम मुख र पेट जोड्ने नली ड्यामेज हुन सक्छ । जसको कारण क्यान्सर नै हुन सक्ने सम्भावना हुन्छ । चियामा हुने अर्को हानिकारक तत्व भनेको ‘फ्लोराइड’ पनि हो । त्यसैले बढी चिया पियो भने हड्डी कमजोर बनाउँछ ।

चियाको अत्यधिक प्रयोगले शरीरमा युरिनको मात्रा बढाउँदै लैजान्छ । जसको कारण सोडियम, पोटासियमजस्ता मिनरलसमेत शरीरबाट बाहिर निस्कन थाल्छ । जसले शरीरलाई कमजोर बनाउने काम गर्छ ।

चियामा ‘टैनिक’ र टायलिन भन्ने तत्व हुन्छ । यस्तो तत्वले शरीरमा ‘इनडाइजेसन’ बनाउन सक्छ र पेटको समस्या अझ बढ्दै जान्छ । चियामा भएको कफिनले मानिसमा थकान उत्पन्न गर्छ । थकित शरीरले मानिसलाई जाँगरसँग काम गर्नका लागि बाधा उत्पन्न गर्छ ।

ट्याग -  स्तन क्यान्सर , हड्डी कमजोर

LATEST NEWS

SUGGESTED ARTICLES

img