mobile

अष्ट्रेलियामा अत्यधिक गर्मी, घर बाहिर ननिस्कन सरकारको अपिल  

By Anu Rana on Jan 20,2019 - 11:15

अष्ट्रेलियामा गत शनिवार देखिको चर्को गर्मीका कारण जनजीवन प्रभावित भएको छ। गर्मीका कारण वन्यजन्तु मर्ने, डढेलो फैलिने र मानिसहरू विरामी परेर अस्पताल जानुपर्ने घटनाहरू ह्वात्तै बढेका छन्। बुधबार न्यू साउथ वेल्सका विभिन्न ९ ठाउँमा सबैभन्दा गर्मी भएको त्यहाँको मौसम विभागले जनाएको छ ।

विल्कानियाको सुदूरपश्चिममा, मेनिन्डी र इभानह्वोइमा बिहीबार तापक्रम ४८ डिग्री सेल्सियस पुगिसकेको छ । तापक्रम अझै बढ्ने क्रममा रहेको त्यहाँको मौसम विभागले जानकारी दिएको छ । न्यू साउथ वेल्समा पर्ने एल्बोरी र वोडोङगाको भिक्टोरिया बोर्डर शहरमा पनि तापक्रम ४५ डिग्री पुगिसकेको छ ।

अत्याधिक गर्मी बढेपछि सरकारले जरुरी काम बाहेक नागरिकलाई बाहिर ननिस्कन भनेको छ । अघिल्लो २४ घण्टाको तथ्याङ्कलाई आधार मान्दै अझै तापक्रम बढ्न सक्ने भन्दै नागरिकलाई सचेत गराइएको छ । 

शुक्रबार सिड्नीको शहरी क्षेत्रमा तापक्रम बढेर ३४ डिग्री पुग्ने पूर्वानुमान गरिएको छ । पश्चिम सिड्नीमा भने ४५ डिग्री तापक्रम रहने अनुमान छ ।

पछिल्लो २४ घण्टामा विश्वका अत्यधिक गर्मी हुने स्थानहरुको सूचीमा अष्ट्रेलियाका मात्रै १५ स्थान परेका छन् । दक्षिण अष्ट्रेलियाको तारकोला आइल्याण्डमा सबैभन्दा बढी ४९ .१ डिग्री तापक्रम मापन भएको छ ।

 वेदर जोनका एक वरिष्ठ मौसम वैज्ञानिक ज्याकब क्रोनजेले भनेका छन्, ‘अहिलेको स्थिति हेर्दा तापक्रम ५० डिग्री पुगेमा पनि आश्चर्य मान्नु पर्दैन ।’

ट्याग -  गर्मी ,

SUGGESTED ARTICLES

img
अमेरिकामा संकटकाल घोषणा, डेमोक्रेटहरुको विरोध  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग रहेको 'शक्तिशाली विकल्प' को प्रयोग गर्दै संकटकाल लगाएर भए पनि मेक्सिकोसँग जोडिएको सीमामा पर्खाल बनाउने घोषणा गर्ने तयारी सुरू गरेका छन्। गैर कानूनी रुपमा अमेरिका प्रवेश गर्ने


by Anu Rana | Feb 17

img