mobile

तीन साता पछि सिड्नीमा नेपाल आइडल–२’ लाइभ कन्सर्ट हुँदै

By Anu Rana on Jan 23,2019 - 10:59

गायन रियालिटी शो नेपाल आइडल सिजन–२ का प्रतिस्पर्धिहरुले अस्ट्रेलियामा प्रस्तुति दिने भएका छन्। सिड्नीमा हुने प्रतियोगिताका लागि उत्कृष्ट छ जना जादै छन्।

आगामी फेब्रअरी ८ अर्थात माघ २५ गते शुक्रवार हुने कार्यक्रममा विजेता रवि ओड, विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी, अमित बराल तथा पवन गिरीले गीत गाउँनेछन्। सिड्नीको लिभरपूल स्ट्रिटस्थि सार्क होटलको स्पेस नाइट क्लबमा आयोजना हुने ‘नेपाल आइडल–लाइभ इन सिड्नी’को आयोजना नेपाली टचले गर्न लागेको हो ।

अस्ट्रेलियामै सक्रिय एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले यो वृहत् साङ्गीतिक कार्यक्रमलाई मुख्य प्रायोजन गरेको छ ।

 नेपाली समुदायको अत्यधिक बसोबास रहेको सिड्नीमा फेब्रुअरी ८ मा भव्य रूपमा कार्यक्रम सम्पन्न गर्ने गरी तयारी गरिएको नेपाली टचका फाउन्डर डाइरेक्टर दीपेश पुनले जानकारी दिएका छन् । ‘कार्यक्रमका लागि पर्चा पम्प्लेट वितरण गरिनुका साथै सामाजिक सञ्जालमा कार्यक्रमको प्रचारप्रसारलाई तीव्र बनाइएको छौँ’, पुनको भनाइ छ ।

स्थानीय समय अनुसार साँझ ८ बजेदेखि प्रारम्भ हुने नेपाल आइडलको लाइभ कन्सर्टमा नेपालकी लोकप्रिय डान्स जक्की डिजे अर्पणा पनि सहभागी हुने छिन् । कार्यक्रममा सिड्नीमा बसोबास गर्ने स्थानीय कलाकारहरूले पनि आफ्नो प्रस्तुति दिने आयोजक ले बताएका छन् ।

कार्यक्रमको सञ्चालन नेपाल आइडलकी प्रस्तोता तथा अभिनेत्री रिमा विश्वकर्माले गर्ने छन् । नेपाली टचले यसअघि नेपाल आइडलको पहिलो संस्करणका विजेताहरूलाई पनि अस्ट्रेलियाको कन्सर्टमा प्रस्तुत गरिसकेको छ ।

ट्याग -  नेपाल आइडल–२’ , लाइभ कन्सर्ट

SUGGESTED ARTICLES

img
महजोडीलाई वसुन्धराश्री पुरस्कार

वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यो वर्षको ‘वसुन्धराश्री पुरस्कार’ कलाकार एवं हास्यव्यङ्ग्यकार मदनकृष्ण श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली तुल्याउन योगदान गरेबापत कलाकार श्रेष्ठलाई सम्मानपत्रसहित रु ५० हजार राशिको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।


by RSS | Apr 21

img