mobile

सैलिशा रामपुर नृत्य आइडल

By RSS on Jan 23,2019 - 13:26

दोस्रो रामपुर नृत्यु आइडलको उपाधि सैलिशा रानाले जित्नुभएको छ । सहभागी २७ जनालाई उछिन्दै राना नृत्य आइडल बन्नुभएको हो । 

उपाधिसँगै रानाले रु ३० हजार पुरस्कार प्राप्त गर्नुभएको छ । यस्तै श्वेता रुचालले द्वितीय, सिन्धु श्रेष्ठले तृतीय तथा समीक्षा देवकोटाले सान्त्वना पुरस्कार जित्नु भएको छ । उहाँहरुले क्रमशः रु २० हजार, रु १० हजार र रु ५ हजार पुरस्कार प्राप्त गर्नुभयो । पूर्वअर्थमन्त्री महेश आचार्य, प्रदेश नं ५ का प्रदेशसभा सदस्य युवराज खनाल, रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापा, रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल र दिव्यतारा इन्टरप्राइजेजका सञ्चालक सिदार्थ शाक्यले संयुक्त रूपमा पुरस्कार प्रदान गर्नुभयो । 

रामपुर महोत्सवको अवसरमा सञ्चालन भएको उक्त नृत्य आइडलमा सहभागीलाई दर्शकको मतका आधारमा ५० प्रतिशत र निर्णायकको ५० प्रतिशत अङ्कका आधारमा छनोट गरिएको संयोजक प्रेमप्रकाश श्रेष्ठले जानकारी दिनुभयो । सो प्रतियोगिता दिव्य तारा इन्टरप्राइजेजको प्रायोजन र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ पाल्पाको संयोजनमा सम्पन्न भएको हो । (रासस

ट्याग -  नृत्य आइडल

SUGGESTED ARTICLES

img
महजोडीलाई वसुन्धराश्री पुरस्कार

वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यो वर्षको ‘वसुन्धराश्री पुरस्कार’ कलाकार एवं हास्यव्यङ्ग्यकार मदनकृष्ण श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली तुल्याउन योगदान गरेबापत कलाकार श्रेष्ठलाई सम्मानपत्रसहित रु ५० हजार राशिको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।


by RSS | Apr 21

img