mobile

मौसम बदली, वर्षा र हिमपातको सम्भावना

By RSS on Jan 25,2019 - 14:58

मुलुकभर मौसम बदली हुनका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली हुन्का साथै अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताउनुभयो । 


उहाँका अनुसार पश्चिम र मध्यक्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ । राति देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

त्यस्तै भोलि शनिबार मौसममा आंशिकदेखि सामान्य बदली हुने र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्कादेखि केही बढी नै हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम पाँच दशमलव शून्य डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै जुम्लाको तापक्रम माइनसका झरेको छ । सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २५ दशमलव ५ डिग्री सेल्सियस छ ।रासस

ट्याग -  वर्षा , हिमपात

SUGGESTED ARTICLES

img
७२ वर्षमा नागरिकता

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको एक महिलाले ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर ११ स्थित टाटामा सञ्चालन गरेको शिविरमा राज्यले उपलब्ध गराउने विभिन्न सेवा सुविधाबाट बञ्चित भएपछि वडा नम्बर ६ की ढुरल्या बोहराले बल्ल ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिनुभयो ।


by RSS | May 21

img

Whoops, looks like something went wrong.