mobile

शाकाहारी खाना खाएर स्वस्थ बनौं

By Anu Rana on Jan 27,2019 - 13:04

सन्तुलित शाकाहारी खानाले शरीरमा सबै खालका पोषक तत्व प्रदान गर्छ। शाकाहारी खानाले मुटुरोग, क्यान्सर, उच्च रक्तचाप, मधुमेह, जोर्नी दुख्ने तथा अन्य सबै रोगबाट बचाउँछ। त्यसैले शाकाहारी खाना खानु शरीरका लागि फाइदादाजनक छ। जसले  सागपातबाट बढी प्रोटिन प्राप्त गर्छन् उनीहरूको रक्तचाप सामान्य रहन्छ।

शाकाहारी हुनु शरीरका लागि धेरै फाइदाजनक हुन्छ। सागपात धेरै खाए अधिक मात्रामा प्रोटिन प्राप्त हुन्छ र रक्तचाप सामान्य रहन्छ। मासु धेरै खाँदा उच्च रक्तचापको सिकार हुन सक्ने सम्भावना बढ्छ। स्वस्थ खानाले तनमन स्वस्थ राख्छ। यसमा खनिज पदार्थ, प्रोटिन, कार्बोहाइडे्रड तथा भिटामिनजस्ता तत्व पाइन्छन्। यी सबै चीजको समान मात्रा भए खाना शरीरका लागि अमृत बन्छ। खाना प्राकृतिक भए स्वास्थ्य राम्रो हुन्छ।

सन्तुलित शाकाहारी खानाले शरीरमा सबै खालका पोषक तत्व प्रदान गर्छ। शाकाहारी खानाले मुटुरोग, क्यान्सर, उच्च रक्तचाप, मधुमेह, जोर्नी दुख्ने तथा अन्य सबै रोगबाट बचाउँछ। त्यसैले शाकाहारी खाना खानु शरीरका लागि फाइदादाजनक छ। जसले  सागपातबाट बढी प्रोटिन प्राप्त गर्छन् उनीहरूको रक्तचाप सामान्य रहन्छ। धेरै मासु खाने मानिस उच्च रक्तचापको सिकार हुन्छन्। बेलायतमा गरिएको एक अध्ययनअनुसार मासु धेरै खाने मानिसमा उच्च रक्तचाप बढी पाइएको थियो। त्यस्ता मानिसले मासुबाट  अधिक प्रोटिन प्राप्त गरेका थिए। यसैगरी शाकाहारी खाना खानेहरूमा एमिनो एसिड पाइएको थियो जसले शरीरको रक्तचापलाई नियन्त्रण गर्छ। तरकारीमा एमिनो एसिडका साथै म्याग्नेसियम पनि पाइन्छ। सागसब्जीबाट प्राप्त हुने रेसा मासुबाट प्राप्त हुन सक्दैन।  

अन्न तथा गेडागुडीबाट रेसा प्राप्त हुन्छ। दाल, फलफूलका रस तथा सलादबाट पनि पोषक तत्व प्राप्त गर्न सकिन्छ। यसले शरीरको तौल पनि सन्तुलित बनाउँछ। धेरै मासु खाँदा मोटोपन पनि बढ्छ। मासुमा बोसोको मात्रा धेरै हुन्छ। हाम्रो शरीरलाई सबैभन्दा  बढी कार्बोहाइड्रेडको आवश्यकता पर्छ। मासुमा कार्बोहाइड्रेड पाइँदैन। रोटी, केरा, आलु तथा अन्य खानेकुरामा कार्बोहाइडे्रड पाइन्छ।

कार्बोहाइडे्रडको कमी भए मधुमेहको सिकार हुने सम्भावना बढ्छ। शरीरमा क्याल्सियमको कमी भए हड्डी तथा दाँत कमजोर हुन्छ। क्याल्सियम मासुबाट प्राप्त हुँदैन। क्याल्सियम बदाम, दूध, दही, पनिरजस्ता पदार्थबाट प्राप्त हुन्छ। हेमोग्लोबिनको कमी भए  एनिमियाको सिकार हुन पुगिन्छ। मासु खाएर यसको स्तर बढ्दैन। हरिया सागसब्जी, पुदिना तथा सख्खरमा पर्याप्त मात्रामा हेमोग्लोबिन पाइन्छ। धेरै पौष्टिक खानाले शरीरलाई ऊर्जा दिन्छ, यो ऊर्जा मासुबाट मिल्दैन। हरिया सागपातमा भिटामिन 'के' पनि  पाइन्छ। शरीरमा भिटामिन 'के' को कमी भए रक्तस्राव हुने सम्भावना बढ्छ। धेरै मासु खाँदा उग्र स्वभावको विकास हुन्छ। यसले गर्दा तनका साथै मन पनि अस्वस्थ हुन पुग्छ। मासुबाहेक धेरै खानेकुरा छन् जुन खाएर स्वस्थ बन्न सकिन्छ। त्यसैले मासु नै  खानुपर्छ भन्ने छैन। एकछिनको स्वादको पछि लागेर दीर्घ रोगी हुनु कदापि राम्रो होइन।

ट्याग -  शाकाहारी खाना खाएर स्वस्थ बनौं

SUGGESTED ARTICLES

img
खानेकुराबाट २५० किसिमको रोग

रोगबाट जोगिन मानिसले खानेकुराको स्वच्छतामा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।


by RSS | May 16

img