mobile

दुधको तर जाडोयाममा छालाका लागि वरदान  

By Anu Rana on Jan 29,2019 - 12:41

वीन्टर अर्थात जाडो सिजन सुरु भइसकेको छ । छाला सुख्खा हुनु यो सिजनको प्रमुख समस्या हो । छाला विशेषज्ञहरुका अनुसार जाडोयाममा छालालाई मोस्चराइज अर्थात नरम राख्नु अत्यन्त जुरुरी छ, नत्र छाला सुख्खा भएर पुट्ने समस्या देखिन सक्छ । त्यसका अलवा जाडोमा छाला चिलाउने तथा -यासेज जस्ता छालासम्मबन्धी रोगहरु देखा पर्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा छालाको हेरचाह कसरी गर्ने त ?

छालाको जतन गर्नको लागि बजारमा विभिन्न प्रकारका महंगा स्किन केयर क्रिम, कोल्ड क्रिम तथा मोस्चराइजर्सहरु पाइन्छ । तर बजारमा पाइने यस्ता क्रिमहरु प्रयोग गर्नुको साटो प्राकृतिक तरिकाले घरेलु विधीबाट छाला हेरचाह गर्नु निकै उपयुक्त हुने छाला विशेषज्ञहरु बताउँछन् । जे भएपनि प्राकृतिक कुरामा पाइने फाइदा कृतिम कुरामा कहाँ पाइन्छ र ? यदि छालाको हेरचाहको लागि नियमित रुपमा घरमा नै उपलब्ध बस्तुहरुको प्रयोग गर्न सकियो भने छाला मोस्चराइज हुनुको साथै नरम, राम्रो र चम्किलो पनि रहन्छ ।

प्राकृतिक विधिमा कुनै किसिमका साइड इफेक्ट पनि हुँदैन । जाडोमा छालाको हेरचाहको लागि तपाईले  दुधको तर प्रयोग गर्नुहोस । जस्को कारण तपाईंको  स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ तर धेरै फ्याट हुने भएकाले धेरै मानिसहरु यो खाँदैनन् । तर छालाको समस्याका लागि तपाईंले तर खाने होइन, लगाउने गर्नुपर्छ ।

दाग धब्बा र चाउरीपन कम गर्छः

आँखा र अनुहारमा पर्ने चाउरीलाई कम गर्न निकै सहयोग गर्नु को साथै तपाईंको अनुहारमा देखा परेको दाग धब्बा पनि हटाउँछ । राती दुधको ताजा तरमा थोरै आँटा मिसाएर अनुहारमा लेप जसरी लगाउनुहोस् । लगाएको १५ मिनेटपछि चिसो हातले अनुहारमा मज्जाले रगड्नुहोस् र सबै आँटा रगडेर नै हटाउनुहोस् । त्यसपछि अनुहारलाई चिसो पानीले धुनुहोस् ।

अनुहार चम्किलो बनाउन तरको फेसप्याकः

तरमा बेसन, मुल्तानी माटो, सुन्तलाको बोक्राको पाउडर र स्याउलाई पिसेर एउटा पेष्ट बनाउनुहोस् । यसलाई अनुहार र हात–खुट्टामा लगाउनुहोस् । यसले छाला सफा र नरम हुन्छ । अनुहार तथा कुहिनोमा लगाउँदा छालाको रङमा निखार आउँछ । चाउरी र छालाको दाग धब्बा हट्दै जान्छ । साथै, छाला फुट्ने जस्ता समस्या पनि हुँदैनन् । तरले छालाको रुखोपनलाई हटाउँदै स्वभाविक कोमलता प्रदान गर्छ ।

छालालाई जवान बनाइराख्न तरः

 दैनिक रुपमा अनुहारमा तर लगाउँदा छाला लामो समयसम्म जवान रहिरहन्छ । तरमा भएको प्रोटिन र भिटामिनले छालामा कोलेजनको उत्पादन बढाउँछ जसले छालालाई जवान बनाइराख्छ ।

 

 

 

 

 

 

ट्याग -  दुधको तर , वरदान  

SUGGESTED ARTICLES

img
खानेकुराबाट २५० किसिमको रोग

रोगबाट जोगिन मानिसले खानेकुराको स्वच्छतामा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।


by RSS | May 16

img