mobile

अन्ना हजारे पनि आमरण अनशनमा

By Anu Rana on Feb 01,2019 - 10:39

भारतका प्रख्यात सामाजिक अभियन्ता अन्ना हजारेले बुधबारदेखि आफ्नै गाउँमा आमरण अनशन सुरु गरेका छन् । केन्द्रमा लोकपालको नियुक्ति र प्रदेशमा लोकायुक्तहरू नियुक्त गर्ने व्यवस्थासहितको लोकपाल विधेयक कार्यान्वयन गर्न माग गर्दै उनले अनशन सुरु गरेका हुन् । भ्रष्टाचार नियन्त्रण गर्न मोदी नेतृत्वको सरकार असफल भएको भन्दै उनले स्वतन्त्र लोकपाल र लोकायुक्त नियुक्त गर्नुपर्ने माग गरेका छन् । 

‘कुनै सर्वसाधारणले प्रमाणसहित उजुरी दियो भने लोकपालले प्रधानमन्त्रीलाई पनि छानबिन गर्न सक्दछ । त्यसैगरी, लोकायुक्तले मुख्यमन्त्री, अन्य मन्त्रीहरु र प्रदेशसभाका सांसदहरुलाई पनि छानबिन गर्नसक्छ’–आफ्नै गाउँमा अनशन सुरु गर्नुअघि उनले भने ।

आफूमाथि नै छानबिन गर्ने भएकाले उनीहरुले यस्तो व्यवस्था गराउन नचाहेको उनको आरोप छ । उनले यस्तो व्यवस्था कुनैपनि पार्टीको चाहनामा नपरेको बताए ।

लोकपाल विधेयक सन् २०१३ मा नै संसद्ले पारित गरिसकेको भए पनि सरकारले अहिलेसम्म त्यसमा भएको व्यवस्थाअनुसार लोकपाल र लोकायुक्त नियुक्त नगरेकाले फेरि अनशनमा बस्नु परेको उनको भनाइ छ । हाल राजनीतिमा सक्रिय आफ्ना पूर्वसमर्थकले पनि अनशनमा साथ दिन सक्नेतर्फ संकेत गर्दै उनले भने, ‘हाम्रो मञ्चमा अब कुनै राजनीतिक नेताहरूलाई ठाउँ छैन ।’ उनले अगाडि थपे, ‘लोकपाललाई निषेध गर्ने गरी तीन दिनमा राजनीतिज्ञहरूले अर्को कानुन पारित गरेका छन्, त्यसमा राष्ट्रपतिले पनि लालमोहर लगाइसक्नुभएको छ, तर पनि लोकपाल नियुक्त गरिएको छैन ।’ 

‘पाँच वर्षसम्म पनि उनीहरुले यसबारेमा केही गरेनन् । त्यसैले राजनीतिक नेताहरुलाई हाम्रो ठाउँमा आउन दिँदैनौं’–हजारेले भने ।

भारतमा सहिद दिवसकारुपमासमेत मनाइने महात्मा गान्धीको स्मृति दिवस जनवरी ३० को दिन पारेर आफूले अनशन सुरु गरेको पनि उनले बताएका हुन ।

ट्याग -  आमरण अनशनमा

SUGGESTED ARTICLES

img
राष्ट्रपति भण्डारी चीन प्रस्थान

राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा यही वैशाख ११ देखि १९ गतेसम्म चीनको राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भण्डारीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्री र गृहमन्त्रीले बिदाइ गर्नुभयो ।


by RSS | Apr 24

img