mobile

अप्रिल २ मा बन्द हुँदै गुगल प्लस

By Anu Rana on Feb 05,2019 - 12:36

इन्टरनेट जाएन्ट गुगलले आफ्नो सोसल नेटवर्किङ्ग प्लाटफर्म गुगल प्लस बन्द गर्ने घोषणा गत वर्ष नै गरेको थियो । सोही घोषणाको कार्यान्वयन गर्ने मिति गुगलले सार्वजनिक गरेको छ । गुगल प्लसको सपोर्ट पेज अपडेट गर्दै गुगलले यो जानकारी दिएको हो । गुगलका अनुसार गुगल प्लसको दोस्रो संस्करण अर्थात् कन्जुमर भर्सन टू आगामी अप्रिल २ बाट बन्द हुनेछ ।

झण्डै ५ करोडभन्दा बढी प्रयोगकर्ताका डाटा चोरी भएको खबर सार्वजनिक भएसँगै गुगलले गुगल प्लस बन्द गर्ने घोषणा गरेको थियो । उसो त कम्पनीले अगष्टमा गुगल प्लस बन्द गर्ने निर्णय गरेको थियो । तर सेक्योरिटीका कारण अप्रिलमै यसलाई बन्द गरिँदैछ ।

एक अफिशियल पोष्टमा कम्पनीले भनेको छ, ‘तपाईंले गुगल प्लसमा खोल्नुभएको कुनै पनि पेज अप्रिल २ देखि बन्द हुनेछ । प्रयोगकर्ताको गुगल प्लस अकाउन्टबाट हामी डाटाहरु डिलिट गर्न सुरु गर्नेछौँ । गुगल प्लसका एल्बम आर्काइभबाट पनि तपाईंका फोटो तथा भिडियोका साथै यसका सम्पूर्ण पेज डिलिट गरिनेछ । तपाईंले अप्रिल अघि नै आफ्ना सामाग्रीहरु डाउनलोड गरेर सुरक्षित राख्न सक्नुहुन्छ । तपाईंले गुगल फोटोज एपमा ब्याकअप राखेका फोटो वा भिडियो डिलिट हुने छैनन् ।’

गुगलका अनुसार फेब्रुअरी ४ देखि नै गुगल प्लसमा कुनै नयाँ अकाउन्ट खोल्न सकिने छैन । गुगल प्लसको साइन इन बटनलाई गुगल साइन इन बटनले रिप्लेस गरिनेछ ।

सन् २०११ मा लञ्च गरिएको गुगल प्लस सन् २०१५ सम्म आइपुग्दा यसका प्रयोगकर्ताको संख्या ११ करोड नाघेको थियो। सन् २०१५ मा गुगलले यसलाई नयाँ डिजाइनमा प्रस्तुत गरेको थियो । तर पछिल्लो समयमा यसका प्रयोगकर्तामा वृद्धि नहुँदा र दशौँलाख प्रयोगकर्ताका डाटा चोरी हुने घटना भएसँगै गुगलले यो प्लाटफर्म बन्द गर्ने घोषणा गरेको थियो ।

ट्याग -  अप्रिल २ मा बन्द हुँदै गुगल प्लस

SUGGESTED ARTICLES

img
अमेरिकामा साइबर संकटकालको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी अधिकार प्रयोग गर्दै विदेशी साइबर हमलाको अवस्थाबाट अमेरिकी कम्प्युटरलाई बचाउनका लागि राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार एक कार्यकारी आदेश जारी गर्दै राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् ।


by Anu Rana | May 20

img