mobile

बिहान सबेरै उठ्दा स्वास्थ्यमा यस्ता फाइदा

By Anu Rana on Feb 05,2019 - 11:32

बिहान चाँडै उठ्नु निकै कठिन काम लाग्दछ । तर, तपाई चुस्तदुरुस्त रहन चाहनु हुन्छ भने बिहान चाँडै उठ्ने बानी बसाल्नु राम्रो हुनेछ । एक अध्ययनका अनुसार बिहान चाँडै उठ्नेहरुको बुद्धि बिहान ढिला उठ्नेहरुको तुलनामा तेज हुने गरेको पाइएको छ ।

बिहान चाँडै उठ्ने र हल्का ब्यायम गर्दा तपाई शारीरिक र मानसिक रुपमा फिट रहनु हुन्छ । यदि तपाई बिहान चाँडै उठ्ने गर्नु हुन्छ भने तपाईको पूरै दिनचर्या सही र समयमा हुने गर्दछ । यसबाट तपाईको दिमाग तेज हुन्छ र काम गरेपछि पनि तपाईलाई थकानको अनुभूति हुने छैन । यसबाहेक पनि बिहान चाँडै उठ्दा निम्न कुराहरुमा लाभ प्राप्त हुने गर्दछ:-

 बिहान चाँडै उठ्नुका अन्य लाभः

ब्रम्ह मुहूर्त अर्थात् सूर्य उदाउनु अघि उठ्नुका थुप्रै लाभ छन् । यदि तपाईं बिहान चाँडै उठेर घरबाहिर निस्केर हिँड्नुहुन्छ वा व्यायाम गर्नुहुन्छ भने यसका विभिन्न लाभ यहाँ दिइएका छन् ।

१. बिहान चाँडै उठ्दा तपाईंले सबैभन्दा शुद्ध हावा पाउनुहुन्छ जसले तपाईंको फोक्सो स्वस्थ रहन्छ । शुद्ध अक्सिजन शरिरलाई स्वस्थ राख्नका लागि आवश्यक छ ।

२. जो व्यक्ति बिहान चाँडै उठेर व्यायाम गर्दछन् उनीहरुलाई हृदय रोगको सम्भावना निकै कम हुन्छ । शरिरमा रक्त संचार सही रहन्छ ।

३. बिहान चाँडै उठ्दा मानसिक रोगको समस्या हुँदैन । योगा र प्राणायम गर्दा मानसिक रोग हट्छ ।

ट्याग -   बिहान चाँडै उठ्नुका अन्य लाभः

SUGGESTED ARTICLES

img
खानेकुराबाट २५० किसिमको रोग

रोगबाट जोगिन मानिसले खानेकुराको स्वच्छतामा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।


by RSS | May 16

img