mobile

इरानद्वारा लामो दूरीको क्षेप्यास्त्रको सफल परीक्षण गरेको दाबी  

By Anu Rana on Feb 05,2019 - 11:26

इरानले एक लामो दूरीको क्षेप्यास्त्रको सफल परीक्षण गरेको दाबी गरेको छ । उसले १ हजार ३५० किलोमिटर टाढासम्म हान्ने क्षमता रहेको नयाँ मिसाइलको नाम भने बताएको छैन । इरानले १९७९ मा भएको ‘इस्लामिक क्रान्ति’ दिवस मनाइरहेका समय नयाँ मिसाइलको परीक्षण हुनुलाई संयोग मात्र भएको जनाएको छ । 

‘हवैजहजबाट गरिएको क्षेप्यास्त्रले एक हजार २०० किलोमिटर टाढाको दूरीमा ठीक निशानामा हान्न सफल भएकाले यो परीक्षण सफल भएको छ,’ इरानी रक्षामन्त्री अमिर हतामीलाई उद्धृत गर्दै राज्य सञ्चालित टेलिभिजनले बताएको छ ।

उक्त परीक्षणको दृश्यचित्रसमेत  टेलिभिजनले देखाएको थियो । ‘इरानले शनिवार परीक्षण गरेको हतियार तयारका लागि छोटो समय मात्र लाग्ने र यो निकै होचो क्षेत्रमा पनि उड्ने क्षमता रहेको छ,’ उनले बताए । उनले लामो दूरीको हतियार आफ्नो सुरक्षाका लागि प्रयोग गरिने बताए ।

ट्याग -  इरानद्वारा लामो दूरीको क्षेप्यास्त्रको सफल परीक्षण गरेको दाबी  

SUGGESTED ARTICLES

img
फेसबुकले ल्यायो नयाँ फिचर, मेसेन्जरमा डार्क मोडको व्यवस्था,  

सामाजिक सञ्जाल फेसबुकले केही समय पहिला डार्क मोड फिचर ल्याएको थियो । तर त्यो फिचर केही देशमा परीक्षणका लागि भन्दै प्रयोगमा ल्याइएको थियो ।


by Anu Rana | Apr 17

img