mobile

साधारण शेयर बिक्रीको अनुमति

By RSS on Feb 05,2019 - 13:26

नेपाल धितोपत्र बोर्डले हिमालयन ऊर्जा विकास कम्पनीलाई रु १४ करोड ८५ लाख बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले सर्वसाधारणलाई बिक्री गर्ने गरी १४ लाख ८५ हजार कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो । 

प्रतिकित्ता रु १०० अङ्कित दरको साधारण शेयर बिक्रीका लागि अनुमति दिइएको बोर्डले जनाएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा नबील इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । 

कम्पनीले यसअघि आयोजनाबाट प्रभावित दोलखा र रामेछाप जिल्लाका बासिन्दाका लागि लागि नौ लाख ९० हजार कित्ता शेयर बिक्री गरेको थियो । जारी पूँजी रु ९९ करोड मूल्यको दश प्रतिशत बराबरको रु नौ करोड ९० लाखको साधारण शेयर बिक्री गरेको थियो । 

आयोजनाबाट उत्पादित विद्युत् रामेछापको खिम्ती गज्र्याङ १३२ केभी प्रसारण लाइनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । कम्पनीले उपल्लो खिम्ती १२ मेगावाट र माथिल्लो खिम्ती सात मेगावाट क्षमताका आयोजना पनि निर्माण गरिरहेकोे छ । (रासस)

ट्याग -  शेयर

SUGGESTED ARTICLES

img
शेयर बजारमा उछाल, एकै दिन बढ्यो ३२ अङ्क

शेयर बजारले लय समातेको छ । नयाँ वर्षको शुरुआतसँगै आफ्नो गति समातेको बजारमा आज करीब ३२ अङ्कको सुधार देखिएको छ । कारोवार मापक नेप्से परिसूचक ३१.८९ विन्दुले बढेर एक हजार २६४.२० विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने संवेदनशील परिसूचक ७.८४ विन्दुले बढेर २७३.४१ विन्दुमा पुगेको छ । कारोवार रकमसमेत आज अर्बमाथि पुगेको छ ।


by RSS | Apr 21

img